बेनीमा चौथो बौद्ध कप फुटबल प्रतियोगिता, विजेतालाई २ लाख २२ हजार पुरस्कार « Khabarhub

बेनीमा चौथो बौद्ध कप फुटबल प्रतियोगिता, विजेतालाई २ लाख २२ हजार पुरस्कार


१८ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीको बेनीमा चौथो बौद्ध कप खुला फुटबल प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । प्रतियोगिताको विजेताले २ लाख २२ हजार २२२ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

बौद्ध युवा क्लबको आयोजनामा बेनीस्थित खुलामञ्च खेलमैदानमा सुरु भएको प्रतियोगिता पाँच दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबसहित १४ टोली सहभागी छन् ।

प्रतियोगिताको गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले उद्घाटन गरेका हुन् । उद्‌घाटन खेलमा आयोजक बौद्ध युवा क्लबको सेतो समूहलाई सेभेन स्टार युवा क्लब, आनन्दबगरले पेनाल्टी सुटआउटमा ६–५ गोलले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।

बौद्ध युवा क्लबका अध्यक्ष दुर्गा बुढामगरका अनुसार बिहीबारको पहिलो खेल नेपाल पुलिस क्लब र मनसुन युवा क्लबबीच हुनेछ ।

प्रतियोगिताको विजेताले २ लाख २२ हजार २२२ रुपैयाँ र ट्रफी तथा उपविजेताले १ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो हुने टोलीलाई ५५ हजार ५५५ रुपैयाँ प्रदान गरिनेछ ।

त्यस्तै, अनुशासित टोलीलाई २२ हजार २२२ रुपैयाँ पुरस्कार दिइनेछ । उत्कृष्ट खेलाडी, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही ७ हजार ७७७ रुपैयाँ प्रदान गरिने क्लबका सचिव श्यामसुन्दर कँडेलले जानकारी दिए ।

प्रतियोगिता सञ्चालनमा १६ लाख ५७ हजार ७७२ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता हेर्न दर्शकले ५० रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्नेछ ।

अध्यक्ष बुढामगरका अनुसार प्रवेश शुल्कबाट सङ्कलित रकमको ४० प्रतिशत असोज दोस्रो साताको बाढीपहिरोबाट प्रभावितलाई राहतस्वरूप प्रदान गरिनेछ । प्रतियोगिताबाट बचत भएको रकम क्लबको कार्यालय भवन निर्माण तथा कोष स्थापनामा खर्च गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  ७ : ४३ बजे

अमेरिकी नीतिमा परिवर्तनको आशा गर्नु भ्रम हो : इरानी सर्वोच्च नेता

तेहरान – इरानका सर्वोच्च नेता मोजताबा खामेनीले अमेरिकी नीतिमा परिवर्तन

त्रिविको ७०५ रोपनी जग्गा फिर्ता

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले काठमाडौँ उपत्यकाभित्र आफ्ना नाममा रहेका

बिर्तामोडमा आगलागीबाट छ करोड बराबरको क्षति

झापा – झापाको बिर्तामोडमा आज भएको आगलागीबाट करिब रु छ

इजरायलको निर्वाचनमा धाँधली भएको छैन : आयोग

जेरुसेलम– इजरायलको निर्वाचन आयोगले गत साता सम्पन्न निर्वाचनमा धाँधली भएको कुनै