सवारी दुर्घटनामा एकजनाको मृत्यु, तीन सख्त घाइते « Khabarhub

सवारी दुर्घटनामा एकजनाको मृत्यु, तीन सख्त घाइते


१० कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनमा भएका सवारी दुर्घटनामा एकको मृत्यु भएको छ । घटनामा तीनजना घाइते भएका छन् ।

बिहीबार साँझ खैरहनी नगरपालिका–१ बहेरा चोकस्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको हो । 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा९६प ३६३४ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको बा३ख २३५४ नम्बरको बसले ठक्कर दिँदा स्कुटर चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका– ५ का २३ वर्षीय आनन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाइते लामाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उनको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, बिहीबार साँझ चितवनको रत्ननगर नगरपालिका– ७ बद्रेनीस्थित भित्री सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भई पल्टँदा तीन जना घाइते भएका छन् ।

बद्रेनीबाट हात्तीचोकतर्फ आउँदै गरेको बा प्र ०६–००१ प ४७९० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिदा मोटरसाइकल चालक खैरहनी नगरपालिका–१२ का २० वर्षीय समित महतो, मोटरसाइकल पछाडि सवार राप्ती नगरपालिका ६ का २१ वर्षीय विज्ञान चौधरी र सोही ठाउँका २२ वर्षीय रोशन चौधरी घाइते भएका थिए । 

सख्त घाइते तीनैजनाको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । 

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ९ : ०७ बजे

‘मेक्सिको दबाबसँग इङ्गल्यान्ड डराउँदैन’

काठमाडौँ – इङ्गल्यान्डका पूर्वकप्तान एलन शियररले विश्वकपको अन्तिम १६ मा

इङ्गल्यान्डसँग भारत ४ विकेटले पराजित

काठमाडौँ – जेकब बेथेलको उत्कृष्ट ब्याटिङ र साम करनको घातक

कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव

काठमाडौँ– सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएको अकल्पनीय विकाससँगै नेपाली

विश्वकप : अमेरिका र बेल्जियमको खेलको टिकटदर ३० प्रतिशत घट्यो

काठमाडौँ – सन् २०२६ विश्वकप फुटबल अन्तर्गत सोमबार अमेरिका र

इरानी नेता खामेनीको अन्त्येष्टिमा जनसागर

तेहरान – अमेरिकी र इजरायली संयुक्त हवाई आक्रमणमा मारिएका इरानका