करोडौँ लगानीका चिस्यान गृहहरु प्रयोगविहीन « Khabarhub

करोडौँ लगानीका चिस्यान गृहहरु प्रयोगविहीन


१० कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्वत जिल्लाभित्र करोडौँ रुपैयाँ लगानीमा निर्माण भएका चिस्यान गृहहरू प्रयोगविहीन भएका छन् । प्रयोग भएका कतिपय गृहहरू पनि आंशिक मात्रामा सञ्चालनमा रहेका छन् । 

जिल्लाका विभिन्न क्षेत्रमा निर्माण भएका चिस्यान केन्द्रहरू कृषकले उत्पादन गरेका तरकारी, फलफूल तथा अनाज भण्डारण नगरी सिधै व्यापारीलाई ठेक्कामा बिक्री गर्दा प्रयोगविहीन बनेका हुन् । कृषि ज्ञानकेन्द्र पर्वतका अनुसार हाल जिल्लाभित्र विभिन्न प्रकृति र उद्देश्यका आठ वटा चिस्यान केन्द्र छन् । 

जिल्लाभित्र रहेको चिस्यान गृहको क्षमता करिब ६४ दशमलव पाँच मेट्रिकटन छ । तीमध्ये १० मेट्रिकटन क्षमताका भोक्सिङ, शालिजाबनौँमा रहेका तीन वटा चिस्यान गृहमा फलफूल तरकारीको यामका बेलामात्र आलु भण्डारण गर्ने गरिन्छ । त्यसैगरी बाँसखर्कमा १० मेट्रिकटन क्षमता रहेको एक र कुर्घामा दुई दशमलव पाँच मेट्रिकटन क्षमता रहेका दुई वटा चिस्यान केन्द्र मौसमअनुसार सुन्तला र आलु स्टोर गरिँदै आएको छ । 

‘हामी जसरी कोल्ड रुम बनाउन बजेटका लागि खट्छौँ, भनसुन गर्छौं, सोहीअनुसार सञ्चालनमा समेत यथोचित ध्यान नदिँदा अपेक्षित लाभ दिन नसकेका हुन्’ कृषि ज्ञानकेन्द्र, पर्वतका प्रमुख मनिता थापाले भने, ‘राज्यले भौतिक संरचनाका लागि मात्र बजेट विनियोजन गर्नुभन्दा निर्माणपश्चात्का जटिलता, प्राविधिक ज्ञान, सहुलियत विद्युत्लगायतका पक्षमा समेत यथोचित ध्यान दिनुपर्छ ।’ 

थापाले चिस्यान केन्द्र निर्माण गरे पनि कृषकले भण्डारण नगरी ठेक्कामै आफ्ना उत्पादन बेच्ने परिपाटी विकसित हुँदै गएको र कृषि उपज टिप्ने, संकलन गर्ने तथा भण्डारण गर्ने आवश्यक ज्ञान उनीहरुमा नदेखिएको हुँदा फसल लामो समयका लागि स्टोर गर्न समस्या देखिएको बताए। 

त्यसैगरी पाँच वर्षअघि कुश्मा नगरपालिका–९ कटुवाचौपारीको बाह्रबीसेमा निर्माण गरिएको कोल्डरुममा आलु भण्डारण हुँदै आएको छ । कटुवाचौपारीको कोल्डरुममा विगत चार वर्षसम्म प्राविधिक ज्ञानको अभावका कारण केही कृषिउपज कुहिएर गएका थिए भने पछिल्लो समय आलु भण्डारण सफल देखिएको सञ्चालक राजबाबु पिसीले जानकारी दिए । उनले आगामी दिनमा मासु स्टोर गर्न सकिने कोल्डरुम निर्माणको सोचमा आफू रहेको जानकारी दिए। 

त्यसैगरी पैयुँ गाउँपालिका–४ हातेमालो चोकमा चिस्यान गृह निर्माण सम्पन्न भएर पनि हालसम्म सञ्चालनमा आउन सकेको छैन । पैयुँको चिस्यान गृह निर्माणका लागि कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, ललितपुरको रु ११ लाख र पैँयु गाउँपालिकाको रु ११ लाख लगानी रहेको छ । तर विद्युत् जडान समस्याका कारण हालसम्म सञ्चालनमा आउन नसकेको पैँयु कृषि शाखाका नायब प्राविधिक सहायक सन्दीप तिवारीले जानकारी दिए। 

‘राज्य तथा व्यक्ति भौतिक संरचना निर्माणका क्रममा अहोरात्र खट्ने तर निर्माणपश्चात्को व्यवस्थापकीय पक्षमा उदासिन देखिने प्रवृत्तिका कारण चिस्यान गृह अपेक्षाअनुसार सफल हुन नसकेका हुन्’, स्थानीय कृषक सरोज खनालले भने, ‘सरकारले भौतिक संरचना निर्माणमा मात्र होइन दीर्घकालसम्म कोल्डरुम सञ्चालनमा समेत नीति नै बनाएर कृषक सँगसँगै हातेमालो गर्नुपर्छ । तबमात्र कृषकका लागि ल्याएका सुविधा सार्थक र कृषक केन्द्रित हुनेछन् ।’

कृषिउपज टिप्ने, अल्पकालीन भण्डारण गर्ने तथा ढुवानी गर्नेलगायतका विषयमा यथेष्ट ज्ञान, कोल्डरुमसम्बन्धी प्राविधिक ज्ञान र सहुलियत विद्युत् उपलब्ध गराउने राज्यको नीति नबन्दासम्म लगानी परिणाममुखी नहुने सरोकारवालाको भनाइ छ । 

दक्ष प्राविधिक तथा ज्ञान, विद्युतीकरण र सहुलियत विद्युत् उपलब्ध गराउने नीतिको अभावका कारण समस्या हुने गरेको सुन्तला कृषक उमाकान्त शर्माले बताए।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  १२ : ५५ बजे

सशस्त्र प्रहरीले एक वर्षमा १३ करोडभन्दा बढीको अवैध सामान बरामद

भद्रपुर– सशस्त्र प्रहरीले एक वर्षको अवधिमा रु १३ करोड बढी

मन्त्रिपरिषद्का ५ निर्णय: सुनसरी र सिरहामा मारिएका चारजना सहिद घोषित, एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गरिने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच

भारतसँग सम्बन्ध सुधार्ने बङ्गलादेशको चाहना

ढाका- बङ्गलादेशले भारतसँगको सम्बन्धलाई पारस्परिक सम्मान र हितमा आधारित बनाउँदै

अनशनरत यादवको स्वास्थ्यप्रति गम्भीर बन्न सरकारलाई मानवअधिकार आयोगको आग्रह

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँको माइतीघरमा अनशनरत विनय यादवको बिग्रँदो

ट्राफिक कारबाहीमा ९५ हजार ७७ सवारीसाधन

सुनसरी– आर्थिक वर्ष २०८२-८३ मा कोशी प्रदेशमा नियम पालना नगर्ने