सञ्चार मन्त्रालयद्वारा कानुन तर्जुमाका लागि सुझाव पेस गर्न समिति गठन | Khabarhub Khabarhub

सञ्चार मन्त्रालयद्वारा कानुन तर्जुमाका लागि सुझाव पेस गर्न समिति गठन


१० कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कानुन तर्जुमा गर्दा आधार लिने गरी मापदण्ड, कार्यविधि वा निर्देशिका बनाउने सम्बन्धमा सुझाव दिन समिति गठन गरेको छ ।

मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीको संयोजकत्वमा, सूचना तथा प्रसारण विभागका महानिर्देशक शङ्कर नेपाल (सदस्य), उपसचिव विशाल सापकोटा (सदस्य सचिव), राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धमेन्द्र झा (सदस्य) र विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाइँ (सदस्य) रहने गरी शुक्रबार समिति गठन गरिएको हो ।

प्रदेश र स्थानीय तहले सञ्चार तथा सूचना प्रविधिसम्बन्धी कानुन बनाउँदा कतिपय अवस्थामा अधिकार, जिम्मेवारी र कार्यक्षेत्र खप्टिने, निर्माण गरिएका कानुन कार्यविधि कार्यान्वयन गर्न असहजता हुने, अन्तर तह र निकाय ठाडो र क्षितिजीय समन्वय र सहकार्य गर्न कठिनाइ हुने तथा कतिपय अवस्थामा एक–अर्का कानुनबीच तादम्यता कायम हुन नसकी जटिलता सिर्जनासमेत भएका विषयमा त्यस्ता कानुन कार्यविधि तर्जुमा गर्दा आधार लिने गरी मापदण्ड, कार्यविधि र निर्देशिका बनाउने सम्बन्धमा सुझाव दिन समिति गठन गरिएको मन्त्रालयले जनाएको छ ।

समितिको पहिलो बैठक यही कात्तिक १३ गते बस्ने भएको छ । समितिको कार्यादेश तहगत कार्यक्षेत्रमा रही सञ्चार तथा सूचना प्रविधिसम्बन्धी कानुन तर्जुमा एवं कार्यान्वयन गर्दा द्विविधा उत्पन्न भएका विषयको पहिचान गर्ने र सञ्चार तथा सूचना प्रविधिसँग सम्बन्धित विज्ञलाई समितिको बैठकमा आमन्त्रितको रुपमा समावेश गराई राय सङ्कलन गर्ने रहेको छ । त्यसैगरी पत्रकार महासङ्घ र पत्रकारितासँग सम्बन्धित पदाधिकारीसँग छलफल तथा अन्तक्रिया गर्ने र तीन महिनाभित्रमा मन्त्रालय समक्ष प्रतिवेदन बुझाउने कार्यादेश रहेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ८ : ५० बजे

राजावादीको खोल ओढेर ऋण मिनाहा गर्न दबाब दिनु हास्यास्पद : माधव नेपाल 

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजावादीको खोल ओढेर

औषधिजन्य फोहर निर्मूलीकरणमा समस्या

राँझा– बाँकेको बैजनाथ गाउँपालिकास्थित वनकटवा प्राथमिक स्वास्थ्य केन्द्रमा अटोक्लेभ (औषधिजन्य

पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन : प्रधानमन्त्री

युएई– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

लुम्बिनी– रूपन्देहीको लुम्बिनीमा स्कुल बसको ठक्करबाट दुई जनाको ज्यान गएको

गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिनुपर्छ : मन्त्री शर्मा

दाङ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनताको सबैभन्दा नजिकको