सञ्चार मन्त्रालयद्वारा कानुन तर्जुमाका लागि सुझाव पेस गर्न समिति गठन « Khabarhub

सञ्चार मन्त्रालयद्वारा कानुन तर्जुमाका लागि सुझाव पेस गर्न समिति गठन


१० कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कानुन तर्जुमा गर्दा आधार लिने गरी मापदण्ड, कार्यविधि वा निर्देशिका बनाउने सम्बन्धमा सुझाव दिन समिति गठन गरेको छ ।

मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीको संयोजकत्वमा, सूचना तथा प्रसारण विभागका महानिर्देशक शङ्कर नेपाल (सदस्य), उपसचिव विशाल सापकोटा (सदस्य सचिव), राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धमेन्द्र झा (सदस्य) र विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाइँ (सदस्य) रहने गरी शुक्रबार समिति गठन गरिएको हो ।

प्रदेश र स्थानीय तहले सञ्चार तथा सूचना प्रविधिसम्बन्धी कानुन बनाउँदा कतिपय अवस्थामा अधिकार, जिम्मेवारी र कार्यक्षेत्र खप्टिने, निर्माण गरिएका कानुन कार्यविधि कार्यान्वयन गर्न असहजता हुने, अन्तर तह र निकाय ठाडो र क्षितिजीय समन्वय र सहकार्य गर्न कठिनाइ हुने तथा कतिपय अवस्थामा एक–अर्का कानुनबीच तादम्यता कायम हुन नसकी जटिलता सिर्जनासमेत भएका विषयमा त्यस्ता कानुन कार्यविधि तर्जुमा गर्दा आधार लिने गरी मापदण्ड, कार्यविधि र निर्देशिका बनाउने सम्बन्धमा सुझाव दिन समिति गठन गरिएको मन्त्रालयले जनाएको छ ।

समितिको पहिलो बैठक यही कात्तिक १३ गते बस्ने भएको छ । समितिको कार्यादेश तहगत कार्यक्षेत्रमा रही सञ्चार तथा सूचना प्रविधिसम्बन्धी कानुन तर्जुमा एवं कार्यान्वयन गर्दा द्विविधा उत्पन्न भएका विषयको पहिचान गर्ने र सञ्चार तथा सूचना प्रविधिसँग सम्बन्धित विज्ञलाई समितिको बैठकमा आमन्त्रितको रुपमा समावेश गराई राय सङ्कलन गर्ने रहेको छ । त्यसैगरी पत्रकार महासङ्घ र पत्रकारितासँग सम्बन्धित पदाधिकारीसँग छलफल तथा अन्तक्रिया गर्ने र तीन महिनाभित्रमा मन्त्रालय समक्ष प्रतिवेदन बुझाउने कार्यादेश रहेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ८ : ५० बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन