भारतको गुजरातमा चट्याङमा परेर १३ जनाको मृत्यु « Khabarhub

भारतको गुजरातमा चट्याङमा परेर १३ जनाको मृत्यु


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

गुजरात– भारतको गुजरातमा फेरि एकपटक प्रकृतिको कहर सार्वजनिक भएको छ । गुजरातमा भारी वर्षा र चट्याङका कारण १३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

चट्याङ लागेर दाहोदमा ३, भरुचमा २ तथा अहमदाबाद, साबरकन्ठा, खेडा, पंचमहल, बोटाड, मेहसाना, सुरेन्द्रनगर र अमरेलीमा चट्याङ लागेर १–१ गरी १३ जनाको मृत्यु भएको छ ।

यस्तै, चट्याङका कारण पशुपन्छीको मृत्यु भएको खबर पनि आएको छ । हालसम्म ३९ जनावरको मृत्यु भइसकेको छ ।

सौराष्ट्र र उत्तरी गुजरातसहित लगभग सम्पूर्ण राज्यमा बेमौसमी वर्षा भएको छ। सौराष्ट्रका केही स्थानमा सबैभन्दा बढी पानी परेको छ ।

हिउँ झैँ अचानक भारी असिना परेपछि गाडीबाट हिँडेका मानिसले सेल्फी लिन थाले । जसका कारण सडकमा सवारीसाधनको लामो लाइन लागेर जामसमेत भएको थियो । 

वर्षाका कारण कृषकलाई ठूलो नोक्सान भएको अनुमान गरिएको छ । यद्यपि त्यसको विवरण भने आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ८ : ०८ बजे

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर