जलवायु शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति सहभागी नहुने « Khabarhub

जलवायु शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति सहभागी नहुने


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- यूएईको दुबईमा आयोजना हुने पछिल्लो संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन सहभागी नहुने भएका छन् । दुबईमा आयोजना हुने जलवायु शिखर सम्मेलन कोप२८ मा अमेरिकी राष्ट्रपति सहभागी नहुने अमेरिकी अधिकारीले बताएका हुन् ।

बिहीबार सुरु हुन लागेको कोप२८ मा विभिन्न मुलुकका सरकार एवम् राष्ट्र प्रमुखसहितका नेताहरू र पोप फ्रान्सिसलगायत करिब ७० हजार मानिस सहभागी हुने अपेक्षा गरिएको छ । यो अहिलेसम्मको सबैभन्दा ठूलो संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलन हुनसक्छ । राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसका लागि ह्वाइट हाउसले जारी गरेको तालिकामा यो साता उनीहरू दुबई जाने उल्लेख छैन । बाइडेनको व्यस्ततामा वायु ऊर्जामा अमेरिकी लगानी उजागर गर्नका लागि कोलोराडोको भ्रमण, अङ्गोलाका राष्ट्रपतिसँग बैठक र राष्ट्रिय क्रिसमस ट्रिको प्रकाश सामेल छन् ।

बाइडेनले यो साता कोप२८ मा वा डिसेम्बर १२ को वार्ताको अन्त्यको दोस्रो सत्रमा भाग लिने योजना नबनाएको एक अमेरिकी अधिकारीले पुष्टि गरेका छन् । दुबईमा एउटा उच्चस्तरको अधिकारीलाई पठाउने वा नपठाउने भन्नेबारेमा  बाइडेन प्रशासनले छलफल गरिरहेको नाम नछाप्ने शर्तमा ती अधिकारीले बताए । पूर्वविदेशमन्त्री, सिनेटर तथा अमेरिकी जलवायु दूत जोन केरीले अमेरिकाका लागि प्रत्येक दिन बैठकको नेतृत्व गर्नेछन् । बाइडेनले कोप२८ मा भाग नलिने निर्णयको कारणबारे ती अधिकारीले केही बताएनन् ।

यद्यपि बाइडेनले एक महिनाभन्दा लामो समयदेखि इजराइल र हमासबीचको युद्धमाथि ध्यान केन्द्रित गरिरहेका छन् र अमेरिकी राष्ट्रपति निर्वाचनका लागि एक वर्षभन्दा पनि कम समयमा घरेलु एजेन्डालाई उजागर गर्न खोजिरहेका छन् । बाइडेनसम्म अमेरिकी राष्ट्रपतिका लागि प्रत्येक कोप शिखर सम्मेलनमा भाग लिने चलन थिएन । आफ्ना पूर्ववर्ती डोनाल्ड ट्रम्प पेरिस जलवायु सम्झौताबाट बाहिरिएपछि अमेरिकाले पुनः जलवायुमाथि विश्वव्यापी नेतृत्वको भूमिका निर्वाह गर्ने प्रतिज्ञा गर्नका लागि सन् २०२१ मा बाइडेनले ग्लासगोको भ्रमण गरेका थिए ।

ह्वाइट हाउस जान खोजिरहेका ट्रम्प जलवायुप्रति संशयवादी हुन्छ र यो कार्य अमेरिकाका लागि अत्यन्त महङ्गो हुने बताउँछन् । राष्ट्रपति बाइडेनले गत वर्ष पुनः इजिप्टको शार्म अल–शेखमा कोप२७ को एउटा छोटो भ्रमण गरेका थिए । तथाकथित मुद्रास्फीति न्यूनीकरण ऐन र विद्युतीय कारका लागि प्रोत्साहनसहित हरित अर्थतन्त्रका लागि अर्बौं डलरको लगानी गर्दै उनले घरेलुस्तरमा जलवायुलाई उच्च प्राथमिकता दिएका छन् ।

कोप२८ शिखर सम्मेलनअघि केरीले आफ्ना चिनियाँ समकक्षी झि झेनहुआसँग विस्तारित वार्ता गरेका थिए । उनहरूले विश्वका सबैभन्दा दुई ठूला हरितगृह ग्यास उत्सर्जक आ–आफ्ना मुलुकले दुबईमा प्रगतिका लागि मिलेर काम गर्ने वाचा गरेका थिए ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  १ : २७ बजे

‘कम्फर्ट जोन’ खोज्दै विष्णु पौडेल, अहिलेबाटै गर्दैछन् बाह्रौँ महाधिवेशनको पनि तयारी

काठमाडौं– एघारौँ महाधिवेशन संघारमा आइपुग्दा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु

कारको ठक्करबाट एकको मृत्यु, ट्राफिक प्रहरीसहित दुई जना घाइते

काठमाडौं– काठमाडौँको केशरमहलस्थित सडकमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको

अर्धशतक बनाएका मार्क वाट आउट भएपछि कर्णालीको इनिङ धरापमा

काठमाडौं- पोखरा एभेन्जर्सले दिएको विशाल लक्ष्य पछ्याउने क्रममा अर्धशतक प्रहार

मार्कले प्रहार गरे अर्धशतक, एनपीएलमा उनको प्रदर्शन कस्तो छ ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

प्रभु बैंकमा सीआईबी पस्दा राष्ट्र बैंकको भूमिकामै प्रश्न, बैंकिङ क्षेत्र त्रसित

काठमाडौं– बैंकिङ कसुरको आरोपमा केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले आइतबार प्रभु