प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन « Khabarhub

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग सुरक्षाकर्मीलाई बोकाएको भन्दै सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डन गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै काफ्लेले चितवनबाट काठमाडौं फर्किने क्रममा आफ्नो परिवारसँग सम्बन्धित एउटा तस्वीरलाई लिएर तथ्यहीन समाचार बनाइएको बताएकी हुन् । उनले तस्वीरमा सुरक्षाकर्मीले बोकेको ब्याग आफ्नो नभई ती सुरक्षाकर्मीको निजी ब्याग भएको स्पष्ट पारेकी छन् ।

काफ्लेले समाचार प्रकाशनअघि घटनाको वास्तविकता बुझ्नुपर्ने आवश्यकता औंल्याउँदै तथ्यहीन अड्कलबाजीमार्फत आफ्नो चरित्र हत्या गर्न खोजिएको आरोप लगाएकी छन् । उनले केही सञ्चारमाध्यमले विगतदेखि नै आफूलाई विभिन्न व्यक्तिसँग तुलना गर्दै समाचार बनाउने र टिप्पणी गराउने क्रम चलाइरहेको उल्लेख गर्दै यसपटकको घटनाले आफू बोल्न बाध्य भएको बताएकी छन् ।

“राजनीतिक परिवेश परिवर्तन भइरहेको अवस्थामा सार्वजनिक व्यक्तित्व र उनीहरूको परिवारप्रति आम मानिसको चासो हुनु स्वाभाविक हो। तर गलत सूचना र अनुमानका आधारमा कसैको मानहानी गर्नु स्वीकार्य हुन सक्दैन,” उनले लेखेकी छन्।

काफ्लेले आफू सार्वजनिक व्यक्तित्व भए पनि यस्ता विषयलाई कानुनी प्रक्रियामार्फत अघि बढाउन सकिने बताएकी छन्। तथापि, यो विषय सानो भएकाले तत्काल कानुनी बाटो नअपनाई आम नागरिकका रूपमा आफ्नो धारणा सार्वजनिक गरेको उल्लेख गरेकी छन्।

उनले सञ्चारमाध्यमको समाज निर्माण र राजनीतिक विश्लेषणमा महत्वपूर्ण भूमिका हुने भन्दै तथ्य पुष्टि नगरी प्रकाशित गरिने समाचारले व्यक्तिको प्रतिष्ठामा गम्भीर असर पार्न सक्ने बताइन् । साथै, यस्ता सामग्री प्रकाशनमा संलग्न पत्रकार तथा सञ्चारमाध्यमले जिम्मेवार र तथ्यपरक बन्नुपर्ने आवश्यकता औंल्याएकी छन् ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  १० : ४७ बजे

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित

रसुवा बाढी : २ सय २७ शव व्यवस्थापनका लागि लगिँदै

चितवन – रसुवा क्षेत्रमा आएको बाढीमा परी नारायणी नदीमा भेटिएका बेवारिसे

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७