काभ्रेमा क्यान्सरको उपचार सुरु « Khabarhub

काभ्रेमा क्यान्सरको उपचार सुरु


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

बनेपा- काभ्रेपलाञ्चोकको बनेपास्थित शिर मेमोरियल अस्पतालमा क्यान्सर रोगको उपचार सुरु गरिएको छ । अस्पतालमा आइतबारदेखि सबै प्रकारका क्यान्सर रोगको उपचार सेवा थालिएको हो ।

काभ्रेपलाञ्चोकमै उपचार सेवा सुरु भएसँगै क्यान्सर बिरामीलाई भक्तपुर र काठमाडौं पुग्नुपर्ने बाध्यता हटेको छ । क्यान्सर बिरामी हुँदा कुनै पनि व्यक्तिले भोग्नुपर्ने आर्थिक, सामाजिक र व्यवहारिक कठिनाइलाई न्यूनीकरण गर्दै उपचारमा सहजता ल्याउन क्यान्सर रोगको उपचार सुरु गरिएको अस्पतालका क्यान्सर केयर कोअर्डिनेटर डा ध्रुव कँडेलले बताए ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा हेक्टर गायरसले सबै प्रकारका क्यान्सर रोगको उपचार र रोकथामका लागि स्थानीयस्तरमै सेवा विस्तार गरिएको जानकारी दिए । विभिन्न प्रकारका रोगको उपचार हुने मध्यपहाडी क्षेत्रमा सबैभन्दा पुरानो विसं २०१७ मा स्थापित उक्त अस्पतालमा हाल एक सय ५० शय्याबाट उपचार सेवा प्रदान गर्दै आएको छ । क्यान्सर रोगका बिरामीलाई अन्यत्र पठाउन नपर्ने गरी १२ शय्याको विभागबाट उपचार सेवा सुरु गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डा एन्जिला बस्नेतले बताइन् ।

उनका अनुसार सुरुमा क्यान्सर रोगको पहिचान गर्ने र प्रमाणित भएमा त्यसको उपचारार्थ ‘केमोथेरापी’ लगायतका बाल क्यान्सर, रगत क्यान्सर, रेडियोलोजी, प्याथोलोजी, भ्याक्सिन, सर्जरी तथा क्यान्सरको उपचार सेवा प्रदान गरिने छ । यस्तै उक्त रोगको उपचारका लागि अस्पतालले छुट्टै भवन, थप अत्याधुनिक मेसिन र दक्षजनशक्तिको व्यवस्थापनमा जुटेको जनाएको छ । साथै अस्पतालले वार्षिक, दुई वार्षिक, त्रैवार्षिक र पञ्चवर्षीय योजना लिएर क्यान्सर रोगका बारेमा सम्पूर्ण उपचार गर्ने गरी योजना बनाएको छ ।

“क्यान्सरको उपचार सेवा पनि महँगो छैन”, बस्नेतले भनिन् । उनले महिलालाई हरेक महिना एकपटक आफैँ ‘ब्रेस्ट चेक’ गर्न अनुरोध पनि गरिन् । नेपालमा वार्षिक २० हजारभन्दा धेरै नागरिक  क्यान्सर रोगबाट सङ्क्रमित हुने गरेको तथा वार्षिक १४ हजार नागरिकको यही रोगका कारण निधन हुने गरेको तथ्याङ्क छ । तथ्याङ्कअनुसार नेपालमा एक चिकित्सकले  सहरी क्षेत्रमा १२ हजार र ग्रामीण भेगका एक लाख ५० हजार नागरिक हेर्नुपर्ने अवस्था रहेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ६ : १६ बजे

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले