हत्या आरोपमा पक्राउपछि निलम्बित प्रदेश सांसद सिंहको निलम्बन फुकुवा « Khabarhub

हत्या आरोपमा पक्राउपछि निलम्बित प्रदेश सांसद सिंहको निलम्बन फुकुवा


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

धनुषा-  हत्या आरोपमा गत भदौं १८ मा पक्राउ परेपछि निलम्बनमा परेका मधेश प्रदेशसभा सदस्य अनिरुद्ध कुमार सिंहको निलम्बन फुकुवा भएको छ ।

सप्तरी ४ (२) बाट स्वतन्त्र निर्वाचित सांसद सिंह हत्या आरोपमा गत भदौं १८ गते पक्राउ परेपछि उनलाई प्रदेशसभाले निलम्बन गरेको थियो । कार्तिक २३ मा धरौटीमा छुटेका सिंहले निलम्बन फुकुवाको निवेदन प्रदेशसभामा दर्ता गराएका थिए ।

सोही निवेदनको आधारमा निलम्बन फुकुवा गरेको आज बसेको प्रदेशसभा बैठकमा सभामुख रामचन्द्र मण्डलले बताए । सांसद सिंह स्वतन्त्रबाट निर्वाचित भएपछि जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ६ : ३६ बजे

नबिलको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं– नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले १५ लाख २८ हजार बराबरको

छोरीको इच्छाविपरीत विवाह गराउँदा के हुन्छ ? प्रदर्शनमा आयो ‘अक्षरा’ 

काठमाडौं– दशैँको माहोल सुरु हुँदै गर्दा नेपाली फिल्म ‘अक्षरा’ शुक्रबारदेखि

नेकपा संयोजन समिति बैठकमा सहभागी हुन पेरिसडाँडामा जुट्दै नेताहरू (तस्बिरहरू)

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठकमा

पोखरामा स्कुल बस दुर्घटना : मृतक चार जनाको पहिचान खुल्यो

काठमाडौँ – कास्कीको पोखरामा स्कुल बस दुर्घटनामा परी मृत्यु भएका पाँच