दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

दिनभर आज जलेश्वरमा रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आजदेखि सुरु, भोलि के हुन्छ ?, डिभिजन वन कार्यालय चितवनले थाल्यो भूकम्प प्रभावित बसेको बस्ती हटाउने प्रक्रिया, हत्या आरोपमा पक्राउपछि निलम्बित प्रदेश सांसद सिंहको निलम्बन फुकुवा, कुशलको अलराउण्ड प्रदर्शनमा आयोजकमाथि आर्मीको फराकिलो जित, राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनासहित एक तिहाई सदस्यको पद रिक्त हुँदै, सुनको मूल्यमा नयाँ रेकर्डलगायतका समाचारले प्रमुख स्थान पाए ।

जलेश्वरमा रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आजदेखि सुरु, भोलि के हुन्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा आजदेखि सुरु भएको छ ।

बैठक आज दिउँसो १२ः३० बजेबाट सुरु भएको हो । बैठकमा केन्द्रीय सदस्यहरू, सांसदहरू, संगठन, कानुन तथा न्याय, प्रशिक्षण विभागका पदाधिकारी सहभागी छन् ।

डिभिजन वन कार्यालय चितवनले थाल्यो भूकम्प प्रभावित बसेको बस्ती हटाउने प्रक्रिया

डिभिजन वन कार्यालय चितवनले विसं २०७२ को भूकम्पमा परी घरगोठ क्षति भइ तत्कालीन समयमा पुनःस्थापना गरिएका भूकम्प प्रभावितलाई हटाउने प्रक्रिया सुरु गरेको छ ।

कार्यालयले गत कात्तिक २१ गते सूचना प्रकाशन गरी अतिक्रमित वन क्षेत्र खाली गर्नका लागि प्रभावितलाई अनुरोध गरेको थियो । तत्कालीन दाहाखानी गाउँ विकास समिति हालको इच्छाकामना गाउँपालिका–६ कुयलघारीका एक सय २७ घरपरिवारलाई तत्कालीन दाहाखानी गाउँ विकास समिति वडा नम्बर ८ हालको इच्छाकामना गाउँपालिका–७ सिमलढापमा रहेको कबुलियती वन क्षेत्रमा स्थानान्तरण गरिएको थियो । तत्कालीन समयमा छ महिना रहने गरी जिल्ला प्रशासन कार्यालय चितवनको चलानी नम्बर चार सय ३८ को पत्रबाट व्यवस्थापन गरिएकोमा हालसम्म पनि प्रभावित सोही स्थानमा रहेका छन् ।

केही दिनभित्रै सुकुम्बासी समस्या समाधान हुन्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै सुकुम्बासी समस्या समाधान गर्नेगरी सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । स्वबासी, सुकुम्वासी तथा जग्गाविहीनलाई सहज रुपमा जग्गा उपलब्ध गराउने विषयमा आवश्यक निर्णय गरिने प्रधानमन्त्रीले बताए ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज नेकपा माओवादी केन्द्रको बेवसाइट सार्वजनिक गर्दै प्रधामन्त्री दाहालले एक हप्ताभित्र सुकुम्बासी समस्या हल हुने दाबी गरे । उनले सुकुम्बासी समस्या समाधानका लागि मन्त्रिपरिषद्ले ऐन संशोधन गर्ने निर्णय गरेको जानकारी दिए ।

हत्या आरोपमा पक्राउपछि निलम्बित प्रदेश सांसद सिंहको निलम्बन फुकुवा

हत्या आरोपमा गत भदौं १८ मा पक्राउ परेपछि निलम्बनमा परेका मधेश प्रदेशसभा सदस्य अनिरुद्ध कुमार सिंहको निलम्बन फुकुवा भएको छ ।

सप्तरी ४ (२) बाट स्वतन्त्र निर्वाचित सांसद सिंह हत्या आरोपमा गत भदौं १८ गते पक्राउ परेपछि उनलाई प्रदेशसभाले निलम्बन गरेको थियो । कार्तिक २३ मा धरौटीमा छुटेका सिंहले निलम्बन फुकुवाको निवेदन प्रदेशसभामा दर्ता गराएका थिए ।

कसैले चाहँदैमा राजतन्त्र आउँदैन : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कसैले चाहँदैमा राजतन्त्र नआउने बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दलदलेमा नेपाली कांग्रेस नवलपुरको प्रथम जिल्ला भेलालाई आज सम्बोधन गर्दै सभापति देउवाले कसैले भन्दैमा राजतन्त्र नआउने बताए ।

सभापति देवउवाले संविधानसभाले राजा हटाउने निर्णय गरिसकेकाले राजतन्त्र अब नफर्किने स्पष्ट पार्दै भने, “पूर्वराजा फर्कने कुरा छैन, संविधानसभाले राजा हटाउने निर्णय गरिसकेको छ, कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन ।”

कुशलको अलराउण्ड प्रदर्शनमा आयोजकमाथि आर्मीको फराकिलो जित

त्रिभुवन आर्मी क्लबले केपी ओली कप टी–२० क्रिकेटमा विजयी सुरुवात गरेको छ । आयोजक मदन भण्डारी स्पोर्टस क्लब निलोमाथि ११० रनको फराकिलो जित निकाल्दै आर्मीले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

पोखरा रङ्गशालामा टस हारेर ब्याटिङ गरेको त्रिभुवन आर्मीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९५ रन बनाएको थियो ।आर्मीले दिएको १९६ रनको बलियो लक्ष्य पछ्याएको मदन भण्डारी स्पोर्टस एकेडेमी निलो १५.४ ओभरमा ८५ रनमा अलआउट भयो ।

गौशालामा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाऊ अभियानले काठमाडौंको गौशालामा प्रदर्शन गर्ने क्रममा झडप भएको छ ।

अभियानलाई साथ दिँदै धर्मगुरु परिवार नेपालले गौशाला चोकमा आयोजना गरेको सभाका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।

‘कमला बचाउ अभियान’लाई केन्द्रले सुन्नुपर्छ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिरहा र धनुषाको सिमाना भएर बग्ने कमला नदीको संरक्षणका लागि थालिएको अभियानलाई केन्द्र सरकारले सुन्नुपर्ने बताएका छन् ।

पूर्वपश्चिम हुलाकी लोकमार्गअन्तर्गत कमला नदी किनारमा आज कमला जलाधार संरक्षण अभियानद्वारा ‘कमला बचाउ अभियान’ को पाँचौँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सभापति लामिछानेले यस अभियानलाई सबैले आआफ्नो तवरले अगाडि बढाउनुपर्नेमा जोड दिए ।

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनासहित एक तिहाई सदस्यको पद रिक्त हुँदै

आउँदो फागुनमा राष्ट्रियसभाका २० सदस्यको कार्यकाल सकिँदैछ । पहिलो पटक राष्ट्रियसभामा ६ वर्षका लागि निर्वाचित भएका १९ र एक जना मनोनितसहित २० जना राष्ट्रियसभा सदस्य फागुन २० गतेबाट बिदा हुँदैछन् । स्थायी संसदका रूपमा लिइएको राष्ट्रियसभामा हरेक २-२ वर्षमा एक तिहाइ सदस्यका लागि निर्वाचन हुन्छ ।

राष्ट्रियसभाको पहिलो निर्वाचनमा समान एक तिहाइ सांसदको २, ४ र ६ वर्षे कार्यकालका लागि गोलाप्रथा माध्यमबाट कार्यकाल निर्धारण गरिएको थियो । २ र ४ वर्षे कार्यकाल पूरा गरेका सांसदका स्थानमा निर्वाचन प्रक्रिया मार्फत नयाँ सांसद आइसकेका छन् ।

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार ९०० रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । आइतबारको तुलनामा आजको मूल्य ५०० रुपैयाँले बढी हो ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ८ : ५९ बजे

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन

चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौं – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१