गणतन्त्र संकटमा पर्‍याे भन्न लाज हुनुपर्ने हो : शंकर भण्डारी | Khabarhub Khabarhub

गणतन्त्र संकटमा पर्‍याे भन्न लाज हुनुपर्ने हो : शंकर भण्डारी


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले गणतन्त्र संकटमा प-यो भन्न दलका नेतालाई लाज लाग्नुपर्ने बताएका छन् ।

‘देशको बागडोर आफैंले सम्हाल्ने अनि समस्या छ भन्ने ? नेताहरूलाई सरम लाग्नुपर्ने, लाज लाग्नुपर्ने विषय हो’ कांग्रेस नेता भण्डारी भन्छन्, ‘देश बनाउन कसले रोकेको छ ? जनताको सेवा गर्न पनि कसैले रोकेको छैन ।’

रेडियो क्यान्डिडका लागि कृष्ण तिम्सिनासँग कुराकानी गर्दै कांग्रेस नेता भण्डारीले राष्ट्रियसभाको सिट बाँडफाँटमा टिकट बिक्रीको आरोपबाट नेपाली कांग्रेसले बच्नुपर्ने बताए ।

प्रचण्ड सरकारको एक वर्षे कार्यकाल, गठबन्धन सरकारको आयु र राष्ट्रिय सभाको चुनावबारे कांग्रेस नेतासँग भण्डारीसँग गरिएको कुराकानीको सारांश :

सरकारले नराम्रो नै ग-यो भन्ने त मैले जानकारी पाएको छैन । तर, सरकारले राम्रो गरेको छ र जनता सन्तुष्ट छन् भन्ने अवस्था पनि छैन ।

प्रचण्ड नेतृत्वको गठबन्धन सरकारको एक वर्ष पूरा भएको छ । यो अवधिमा सरकारले के ग-यो ? कांग्रेसले के पायो, के गुमायो ?
कांग्रेसले के पायो भन्नुभन्दा पनि सरकारका सन्दर्भमा भएका गुनासा, असन्तुष्टि र निराशाको हिस्सेदारी सत्ता साझेदारी प्रमुख घटक भएको नाताले कांग्रेसले पनि लिनुपर्छ । सरकारले नराम्रो नै ग-यो भन्ने त मैले जानकारी पाएको छैन । तर, सरकारले राम्रो गरेको छ र जनता सन्तुष्ट छन् भन्ने अवस्था पनि छैन ।

यो लोकतान्त्रिक परिपाटी अनुसार बनेको सरकार हो । यो सरकार पूर्णतः देश र जनताप्रति उत्तरदायी हुनुपर्छ। देश र जनताको हितमा सरकारले आफ्ना नीति कार्यक्रम, योजना र भूमिका निर्वाह गर्नुपर्छ । जनताका गुनासालाई आत्मासाथ गर्नुपर्छ । कमीलाई सुधार्दै राम्रो गर्दै अगाडि जानुपर्छ ।

जनताबाट गुनासा आएका छन्, त्यसलाई सरकारले आधार तय गरेर छर्लङ्ग पार्न सकेको छैन । दलहरूको पनि देशमा आएका समस्या समाधान गर्न साझा भूमिका हुनुपर्ने, त्यो देखिएको छैन । त्यसैले अहिले स्थिति सहज छैन ।

अहिलेको सत्ता गठबन्धन कहिलेसम्म, कहाँसम्म लाने ? यसमा नेपाली कांग्रेसले के सोचेको छ ?
हाम्रो मुलुक अत्यन्तै संवेदनशील छ । यो कुरालाई हामी सबैले अन्तरहृदयदेखि आत्मसाथ गर्न सकेनौँ । सत्ताप्रतिको चरम लालचले गर्दा राजनीतिमा चाहिने मर्यादा इमानदारिता नैतिकता संस्कारमा ह्रास हुँदै गयो । मूलभूत रूपमा नेतृत्व गर्नेहरू कमजोर भए र बाह्य शक्तिहरूले यसबाट फाइदा लिँदै गएका छन् ।

हामीले जबसम्म विगतको समग्र परिस्थितिलाई मूल्याङ्कन गर्दै देश नै ठूलो कुरा हो, देशका लागि आफ्नो विचार र पार्टी भन्दा माथि उठेर अघि बढ्छौँ भन्ने सामर्थ्य राख्दैनौँ, तबसम्म बाह्य प्रभाव पर्छ । कुनै पनि संसद कति बेला गठन हुन्छ र विघटन हुन्छ भन्ने कुराको सुनिश्चितता छैन ।

यो लोकतान्त्रिक परिपाटी अनुसार बनेको सरकार हो । यो सरकार पूर्णतः देश र जनताप्रति उत्तरदायी हुनुपर्छ। देश र जनताको हितमा सरकारले आफ्ना नीति कार्यक्रम, योजना र भूमिका निर्वाह गर्नुपर्छ । जनताका गुनासालाई आत्मासाथ गर्नुपर्छ । कमीलाई सुधार्दै राम्रो गर्दै अगाडि जानुपर्छ ।

यद्यपि हामी गठबन्धनमा छौँ र गठबन्धन गर्न बाध्य नै छौँ । किनकि त्यस्तै वातावरण रोज्यौँ हामीले । यस्तै कारणले किशुनजीले पार्टी छोड्नु भएको हो । त्यसैले, अब सच्चिने कुरामा कांग्रेसको मूल नेतृत्व तयार भएको अवस्था छैन ।

अहिले कुनै पनि दलका नेताले यो सरकारको आयु यति हुन्छ र देशका लागि हामी निर्धक्क भएर यति समय काम गर्छौँ भन्न सक्ने अवस्था छैन ।

राष्ट्रिय सभामा २० सिट खाली हुँदैछ । यसमा कसले बाजी मार्ने भन्ने आधारमा अबको सत्ता साझेदारी टिक्ने होला ? सिट किनबेचको हल्ला पनि चल्ने गरेको छ । कांग्रेसलाई धेरै सिट चाहियो होला ?
सिट बेच्नपर्ने भन्ने कुरालाई मैले शतप्रतिशत अस्वीकार गर्न सक्दिनँ । स्वाभाविक रूपमा गठबन्धनमा रहेका हामी सत्ता घटक दलहरूले राष्ट्रिय सभाको निर्वाचनमा सबै सिटमा बाँडफाँट गरेर २० वटै सिट गठबन्धनबाट चुनाव जित्नु एउटा पाटो भयो । कतिवटालाई बेच्नु पर्ला भन्ने प्रश्न उठ्नुमा कांग्रेस पार्टीले आत्मसाथ गर्नुपर्छ । हामीले गल्ती गरेका रहेछौँ र हामीमाथि प्रश्न उठेको हो भन्ने कुरालाई कांग्रेसले आत्मसाथ गर्नुपर्छ । नेतृत्वले यसमा ध्यान दिनुपर्छ ।

हाम्रो देशको भूराजनीति संवेदनशील छ । यस्तो अवस्थामा हामीले सहजताका साथ देशलाई शिरमा राख्ने काम गर्न सक्नुपर्छ।

संविधान कानुन भन्दा बाहिर गएर प्रतिनिधि सभामा चुनाव हारेका मान्छेलाई राष्ट्रिय सभामा लैजाने पद्धतिको किन विरोध नगरेको तपाईंहरूले ?
हाम्रो देशको राजनीतिमा गहिरो बाह्य चासो बढ्न थाल्यो । मुलुक सञ्चालनमा देशी–विदेशी शक्तिका बीचमा विश्वास हुनु जरुरी छ । तर, हाम्रो देशको भूराजनीति संवेदनशील छ । यस्तो अवस्थामा हामीले सहजताका साथ देशलाई शिरमा राख्ने काम गर्न सक्नुपर्छ।

अहिले गणतन्त्र संकटमा परेको कि संविधान ?
नेताहरूले गणतन्त्र सङ्कटमा परेको भनिरहँदा देशको सबै बागडोर आफैंले सम्हाल्ने। ठाउँमा बस्ने अनि समस्या छ भनेर भन्ने ? नेताहरूलाई सरम लाग्नुपर्ने हो । लाज लाग्नुपर्ने विषय हो । देश बनाउन कसले रोकेको छ ? जनताको सेवा गर्न पनि कसैले रोकेको छैन।

नेताहरूलाई सम्झना गर्दै गर्दा हामी बढो भावनाका कुरा त गर्छौँ, तर अन्तरमनदेखि नेताप्रतिको श्रद्धाका सन्दर्भमा हामीले कस्तो भूमिका खेलिरहेका छौँ र हामी कुन बाटो हिँड्दा ठिक हुन्छ भनेर आत्मानुभूति गरेको छैनौं।

तपाईँहरूले भर्खरै किशुनजीको सम्झनामा एउटा कार्यक्रम गर्नुभयो । पहिलाका वशिष्ठ व्यक्तिहरूले अवलम्बन गरेको बाटो कांग्रेसले बिराएको हो ?
हामीले निरन्तर पार्टीमा भनेका छौँ, के कारणले किसुनजीले पार्टी परित्याग गर्नुभयो ? त्यो आत्मसाथ गर्न धेरै ढिला भयो । नेताहरूलाई सम्झना गर्दै गर्दा हामी बढो भावनाका कुरा त गर्छौँ, तर अन्तरमनदेखि नेताप्रतिको श्रद्धाका सन्दर्भमा हामीले कस्तो भूमिका खेलिरहेका छौँ र हामी कुन बाटो हिँड्दा ठिक हुन्छ भनेर आत्मानुभूति गरेको छैनौं। जसका कारण पार्टी अप्ठ्यारोमा छ ।

कांग्रेस नेता शंकर भण्डारीसँगको कुराकानी :

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ९ : ०५ बजे

कर्णाली भूकम्पको उच्च जोखिममाः मुख्यमन्त्री कँडेल

कर्णाली – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले अन्य प्रदेशको

दोलखाका साढे ६ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै

दोलखा – दोलखा जिल्लाका ६ हजार पाँच सय ३० जना

खानेपानी अभावमा काकाकुल छन् नौ सय बढी घर परिवार

सर्लाही – यहाँको हरिवन नगरपालिका–५ का स्थानीय खानेपानीको चरम अभाव

स्पेसएक्सद्वारा चन्द्रमामा दुई ल्यान्डर प्रक्षेपण

लस एन्जलस – स्पेसएक्सले बुधबार बिहान एउटै रकेटमा दुई रोबोटिक

पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनःनिर्माण हुन बाँकी

ललितपुर – विसं २०७२ को भूकम्पले क्षति पु-याएको विश्व सम्पदा