जाजरकोटमा चिसोका कारण २४ दिनकी सुत्केरीको मृत्यु | Khabarhub Khabarhub

जाजरकोटमा चिसोका कारण २४ दिनकी सुत्केरीको मृत्यु


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– जाजरकोटमा २४ दिनकी सुत्केरीको चिसोले मृत्यु भएको छ। कुशे गाउँपालिका-९ घर्तीगाउँकी २४ वर्षीया कल्पना नेपालीको बुधबार मृत्यु भएको प्रहरीको भनाइ छ।

उनले २४ दिनअघि छोरालाई जन्म दिएकी थिइन्। यसअघि एउटा दुई वर्षीय छोरा रहेकोमा उनको दोस्रो सन्तानलाई जन्म दिएकी थिइन्।

तीन दिनअघिदेखि कल्पनाको शरीर सुन्निएको थियो। कल्पनाको परिवार कात्तिक १७ गतेको भूकम्पपछि पालमुनि बस्दै आएका थिए। 

त्रिपालमुनिको बसाइँले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ । 

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ६ : १७ बजे

मधेश सरकारमा ४ मन्त्रालयसहित कांग्रेस सहभागी हुँदै

जनकपुरधाम– मधेश प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ

प्राकृतिक जीवाणु मलको माग बढ्यो

झापा– विर्तामोड नगरपालिका–२ चैतुबारीमा हाई हिमालयन अर्गानिक प्रालिले उत्पादन गरेको

कोइलाबास भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व संकलन

घोराही– दाङको एक मात्र भन्सार कोइलाबास भन्सार कार्यालयले गत आर्थिक

प्रधानमन्त्री भन्छन्- इतिहास गर्व गर्नलायक नेपालको अहिलेको अवस्था राम्रो छैन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र नेपालीको इतिहास गर्व

एक वर्षको अवधिमा झापामा चार हात्ती मरे

बनियानी–  झापामा एक वर्षको अवधिमा छ मानिस र चार हात्तीको