गठबन्धन सरकारले सोचे अनुरूप काम गरेन : मिन विश्वकर्मा  | Khabarhub Khabarhub

गठबन्धन सरकारले सोचे अनुरूप काम गरेन : मिन विश्वकर्मा 


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेस सूचना तथा प्रचार प्रसार विभाग प्रमुख मिन विश्वकर्माले गठबन्धनको सरकारले सोचे अनुरूप सफलता हात पार्न नसकेको बताएका छन ।

आज भक्तपुरमा आयोजित कार्यक्रममा नेता विश्वकर्माले विगतका सरकारले भन्दा गठबन्धनको सरकारले केही काम गरेता पनि सोच अनुरूप काम गर्न नसकेको बताएका हुन ।

लुम्बिनीमा बनेका उद्योग मन्त्रीका विषयमा जनताले प्रदेशसभा सदस्य जिताएर पठाउँदासम्म कसैले केही नभनेको र मन्त्री बन्नासाथ अनावश्यक आरोप लगाएको उनको भनाई छ ।

कुनै तथ्य आधार नभएको अवस्थामा अनावश्यक मिडियाबाजि गरी चरीत्र हत्या गर्न नहुने तर्क गरे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एक वर्षे पूर्णपाठले मन्त्री फेरबदल गरेर भए पनि आफ्नो कार्यकाल सफल बनाउँछु भन्नू सकारात्मक सन्देश रहेको र सोचे अनुरूप काम हुन नसकेको आफैले बताएको बेला धेरै टीकाटिप्पणी गर्नु नहुने उनको भनाई छ ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ६ : ४४ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ