हात्ती सुन्दरीको उपाधि सेल्फीकलीलाई « Khabarhub

हात्ती सुन्दरीको उपाधि सेल्फीकलीलाई


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

चितवन – हात्ती सुन्दरी प्रतियोगिताको उपाधि सेल्फीकलीले जितेको छ । सौराहामा आयोजना गरिएको १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सवअन्तर्गत आज गरिएको सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धी छवटा हात्तीलाई पछि पार्दै १७ वर्षीया सेल्फीकलीले सो उपाधि जित्न सफल भएको हो ।

सरसफाइ र अनुशासनका आधारमा उत्कृष्ट छनोट गरिने हात्ती सुन्दरी प्रतियोगितामा सेल्फीकलीले उपाधि जित्न सफल भएको निर्णयक समितिका संयोजक चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सेल्फीकलीले पाँच सय पूर्णाङ्कमा तीन सय ९४ अङ्क ल्याएर उपाधि जिल्न सफल भएको हो । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थामा आबद्ध भएर सेल्फीकलीले दैनिक पर्यटकलाई सेवा दिँदै आएको छ ।

प्रतियोगितामा चितवन राष्ट्रिय निकुञ्जको ११ वर्षीय रिमझिमकली दोस्रो र युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थामा आबद्ध २२ वर्षीया समृद्धिकली तेस्रो भएको छ ।

दुवैले क्रमशः तीन सय ९३ र तीन सय ५६ अङ्क प्राप्त गरे । सो प्रतियोगितामा लक्ष्मीकली, बिजुलीकली, रानीमायाकली र चम्पाकलीले सहभागिता जनाएका थिए ।

निर्णायकले सरसफाइतर्फ हात्तीको खुट्टा, मुख र शरीरका अन्य भागको सरसफाइ र अनुशासनतर्फ हात्तीको रहनसहन र उसले मानव जातिलाई गर्ने व्यवहारको मूल्याङ्कनका आधारमा हात्ती सुन्दरी छनोट गरेका हुन् ।

हात्तीको शृङ्गार पटार, सजावट, आँखाको चमक, हात्ती चालकको अनुभव, अनुशासन, हात्तीको उमेर र छालाको चम्किलो पनालाई आधार मानेर सुन्दरी छनोट गरिएको निर्णायक समितिका सदस्य विनोद तिमिल्सिनाले जानकारी दिए ।

हात्तीको फुर्तिलोपना, आदेश पालना, सोझोपना, हिँडाइ र शारीरिक बनावटलाई समेत आधार मानेर सुन्दरी छनोटको गरिएको उनले बताए ।

 

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ७ : ०९ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको