भाइरल बन्यो प्रधानमन्त्रीको तस्बिर ! « Khabarhub

भाइरल बन्यो प्रधानमन्त्रीको तस्बिर !


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  बुधबार दिनभर प्रधानमन्त्री पुष्पकमल दाहालको एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । कतिपयले प्रधानमन्त्रीको ‘रोयल फेमिली’ भन्ने उपमासहित तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

तस्बिरको पृष्ठभागमा नेपाली सेनाको हेलिकोप्टर छ । प्रचण्डसँग उभिएका छन्, भर्खरै गोकर्ण रिसोर्टमा विवाह भएका प्रचण्डका नातिनी, नातिनी ज्वाइँ अनि ज्वाइँतर्फका आफन्त । तस्बिरमा पार्टीका कार्यकर्ता वा सरकारी कर्मचारीहरु नभएर नितान्त भर्खरै कुटुम्बेरी साइनो जोडिएका आफन्तहरु छन् ।

तस्बिर नितान्त पारिवारिक हो, तर पृष्ठभूमिमा रहेको सैन्य हेलिकोप्टरले यसलाई विशेष बनाएको छ । त्यसमाथि पनि हिजो मात्रै देशबासीका नाममा सम्वोधन गरेर अनावश्यक काममा हिँड्दिनँ, नियमित सिंहदरबारमा बसेर काम गर्छु भनेकै भोलिपल्ट गोरखाबाट यस्तो तस्बिर आएको छ ।

तस्बिरको विषयमा अलि पछि कुरा गरौं, त्यो भन्दा पहिले प्रधानमन्त्रीको आज गोरखा भ्रमणबारे चर्चा गरौं-

प्रधानमन्त्री दाहालले बारपाक सुलिकोट गाउँपालिकामा आयोजित ‘स्थानीय सरकार र सरोकारवालासँग प्रधानमन्त्री’ लेखिएको व्यानरमुनि आयोजित कार्यक्रमलाई सम्वोधन गरे । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पनि देखिन्छन् ।

कार्यक्रमको ब्यानरमा सरकारी छाप पनि छ र आयोजक ‘बारपाक सुलिकोट गाउँपालिका’ देखिन्छ । यो सबै हेर्दा सरकारले आयोजना गरेको कार्यक्रम भन्ने देखिन्छ ।

तर, त्यहाँको कार्यक्रमबारे प्रधानमन्त्रीको सचिवालयले मिडियालाई पठाएको समाचारमा भने यस्तो लेखिएको छ, ‘प्रधानमन्त्री प्रचण्ड नेकपा (माओवादी केन्द्र) को जनतासँग रुपान्तरण अभियान अन्तर्गत अध्यक्ष प्रचण्ड सातवटा प्रदेशका सातवटा वडा जानुपर्ने कार्यक्रम अन्तर्गत वारपाक सुलिकोट गाउँपालिको ८ वडा उहाँको जिम्मा परेको थियो । सोही कार्यक्रम अन्तर्गत उहाँ कार्यक्रममा सहभागी हुन गोरखा पुग्नुभएको हो ।’

प्रधानमन्त्रीकै सचिवालयको यो भनाइले के स्पष्ट पार्छ भने प्रधानमन्त्री दाहाल सरकारी हेलिकोप्टर प्रयोग गरेर पार्टीको कार्यक्रममा गोरखा पुगेका हुन् ।

पार्टीको कार्यक्रमका लागि सरकारी स्रोत साधान दुरुपयोग गर्ने काइदा नेताहरुले राम्रोसित जानेका छन् । जिल्लामा कुनै एउटा सरकारी कार्यक्रम र भेटघाट जस्तो गर्ने अनि त्यही मौकामा पार्टीका कार्यकर्ता, आफन्त, ससुराली वा कुटुम्बसँग पनि भेटघाट गर्ने । यही काइदा प्रधानमन्त्री दाहालले अपनाएका त होइनन् ? सचिवालयबाट प्रसित सूचनाले त्यही भन्छ ।

बीचैमा आइलागे नातिनी–ज्वाइँ !

प्रधानमन्त्रीको सचिवालयका एक सदस्यलाई हामीले सोध्यौं, सेनाको हेलिकोप्टर अगाडि उभिएको प्रधानमन्त्री र नातिनी ज्वाइँ, कुटुम्बहरुको फोटो त सामाजिक सञ्जालमा भाइरल भयो त, सम्धीभेट भएको हो कि कसरी यस्तो फोटोसेसन भएछ ?

प्रधानमन्त्रीको सचिवालयका ती सदस्यले भने, ‘प्रधानमन्त्रीज्यू आफ्नो निर्वाचन क्षेत्र गोरखामा आयोजित कार्यक्रममा जानुभएको थियो । अस्ति बिहे भएकी नातिनीको घर पनि त्यहीँ नजिकै रहेछ, उनको परिवारका सदस्यहरु रिसिभ गर्न आएछन्, त्यहीबेला सामुहिक फोटो खिचेछन्, यसरी फोटो खिच्दा अलि बिचार पुर्‍याउनुपर्ने थियो ।’

यसैबीच, प्रधानमन्त्रीको सचिवालयका तर्फबाट रमेश मल्लले तस्बिरलाई लिएर सामाजिक सञ्जालमा भइरहेको चर्चाप्रति आक्रोश पोख्दै भनेका छन-
‘सम्माननीय प्रधानमन्त्रीज्यू आज आफ्नो निर्वाचन क्षेत्र गोरखा कार्यक्रममा गएका बेला आफन्तहरुसँग भेट भएको र त्यतिखेर लिएको तस्बिरलाई लिएर सामाजिक सञ्जालमा गलत ढंगले अफवाह फैलाउने काम भैरहेको छ । यस्ता गलत सूचना फैलाएर सम्माननीय प्रधानमन्त्रीज्यूको राजनैतिक प्रतिवद्धतालाई कमजोर पार्ने कोशिस भैरहेको छ । यस प्रकारको गलत सूचनाको भ्रममा नपर्न हामी सबैमा हार्दिक आग्रह गर्दछौं ।’

प्रधानमन्त्रीको सचिवालयका फोटोग्राफर प्रदीपराज वन्त भन्छन्, ‘बारपाक सुलिकोट गाउँपालिका ताकुकोट र ज्यामिरेघाट, घ्याल्चोक, गोरखामा आयोजित जनतासँग प्रधानमन्त्री अन्तरक्रिया आौपचारिक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा प्रधानमन्त्रीले भर्खरै नवविवाहित नातिनिज्वाइँको परिवारलाई भेटेको तथा हेलिप्याडमा विदाई गर्दा मैले कैद गरेको तस्बिर लिएको कुरालाई लिएर अतिरञ्जनापूर्ण ढंगले अनावश्यक भ्रम नछर्न हार्दिक अनुरोध गर्दछु।’

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ८ : ३९ बजे

यो हो ‘श्री बुकुरो’ र ‘बिगुल’को प्रदर्शन रोक्नुको कारण

काठमाडौं – हलमा न्यून संख्यामा दर्शक आएपछि फागुन १ बाट

चन्द्रागिरिसहित पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम प्रभावकारी

काठमाडौं– सरकारले पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रममार्फत

पुराना दलप्रति रविको आक्रोश : अब सबैलाई एकै पटक सिद्याएर सटर बन्द गर्ने हो

धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना सबै दललाई

विश्वकपमा १२ वर्षपछिको जित : दीपेन्द्रको प्रभाव र सोमपालको कमब्याकले दिलाएको खुसी

काठमाडौं– नेपालले तेस्रो पटक आईसीसी पुरुष टी–२० विश्वकप खेल्दा सुपर–८

धनगढीमा बालेन्द्रको सम्बोधन : सुदूरपश्चिमका गीत काठमाडौंका चोकचोकमा बजाउनुपर्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले सुदूरपश्चिम अझै