स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका समुदायलाई विशेष कार्यक्रम आवश्यक « Khabarhub

स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका समुदायलाई विशेष कार्यक्रम आवश्यक


१६ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका समुदायलाई लक्ष्य गरी विशेष कार्यक्रम ल्याउन नीतिगत व्यवस्था हुनुपर्ने बताएका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा विज्ञ डा सुशील बरालको प्रस्तुतिपछि उनले तराईका डुम र राउटेलगायत समुदायलाई केन्द्रित गरी स्वास्थ्य क्षेत्रमा नयाँ कार्यक्रम ल्याउन जरुरी रहेको बताएका हुन् । 

समिति सभापति दिलकुमारी रावलले कोरोना र डेङ्गुको महामारीका बेला समितिले दिएको सुझाव सरकारले कार्यन्वयन गरेकामा आभार प्रकट गर्दै भविष्यमा स्वास्थ्य सेवालाई चुस्त र प्रभावकारी तुल्याउन कानुनी एवं संरचनागत सुधारका लागि समितिले पहल गरिरहेको बताए ।

डा बरालले मानव, जनावर र वातावरणीय स्वच्छताका लागि केन्द्रदेखि स्थानीय तहसम्म एकीकृत अवधारणा तर्जूमा गर्न आवश्यक रहेको बताए । उनले भने, ‘हामीले अहिले उत्पन्न स्वास्थ्यसम्बन्धी समस्या सम्बोधन गर्न अस्थायीरुपमा टालटुले काम मात्र गर्दै आएका छौँ, अब यो क्षेत्रलाई कसरी अघि बढाउने  भनी स्पष्ट खाकासहितको रणनीति बनाउनुपर्छ ।’

नेपालमा खोपको अवस्था निकै राम्रो रहेको भनिए पनि केही वर्षअघि नेपालगञ्ज क्षेत्रमा दादुराको प्रकोप नियन्त्रण बाहिर गएको घटनाबाट शिक्षा लिन जरुरी रहेको बताउँदै विज्ञ बरालले आकस्मिकरुपमा आइपर्ने यस्ता चूनौतीलाई सम्बोधन गर्न नविनतम प्रणालीको विकास गरी बृहद् कार्यक्रम बनाउनुपर्छ भने।

यसअघि बैठकमा समितिका सदस्यले स्वास्थ्य क्षेत्रमा सुधारका लागि व्यावहारिक कार्यविधि र नियम बनाउन बनाउनुपर्नेमा जोड दिए। स्वास्थ्य सेवा प्रवाह सेवाग्राही रहेको स्थानबाट  कम्तीमा ३० मिनेटको दूरीमा रहनुपर्ने भए पनि देशमा त्यो अवस्था नरहेको जनाइएको थियो ।

बैठकमा मुलुकमा एक लाख ३८ हजार बढी गाउँघर क्लिनिक, १६ हजार ५०० बढी खोप केन्द्र, हरेक वडामा छ हजार सात सय ४३ स्वास्थ्य संस्था सञ्चालनमा रहेको तथ्याङ्क प्रस्तुत गरिएको थियो । हरेक प्रदेशमा एउटा सङ्घीय अस्पताल रहेकामा  सुदूरपश्चिम बाहेकका प्रदेशमा कम्तीमा एउटा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा हरेक प्रदेशमा एक सरुवा रोग अस्पताल रहेको जानकारी गराइएको थियो । 

मुलुकमा स्वास्थ्य क्षेत्रका जनशक्ति दुई लाख ६४ हजार आठ सय ४३ रहेकामा  २६ हजार चिकित्सक र ९५ हजार नर्स व्यावसायिक परिषद्मा कार्यरत रहेको बताइएको  छ । सरकारी निकायमा स्वास्थ्य जनशक्तिको दरबन्दी ३१ हजार पाँच सय ९२ रहेकामा  ५१ हजारभन्दा बढी महिला स्वास्थ्य स्वयमसेवीका देशभरी समुदाय तहमा परिचालन रहेको जानकारी दिइयो । मुलुकमा सन् २०३० सम्ममा कूल एक लाख ६५ हजार सात सय ८० स्वास्थ्य सेवाका जनशक्ति आवश्यकपर्ने पनि आँकलन गरिएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ३ : ५७ बजे

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश मानसरोवरमा योगाभ्यास हुने

काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस वर्ष पहिलो पटक कैलाश–मानसरोवर

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त