खाली जमिनमा खेती गर्न थाल्यौँ भने हामी बाँच्छौँ | Khabarhub Khabarhub

खाली जमिनमा खेती गर्न थाल्यौँ भने हामी बाँच्छौँ

‘नेताले मात्र देश बनाउने होइन, जनता आफै स्वनिर्भर हुनुपर्छ’


१४ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

देशमा पछिल्लो समय बढेको बेतिथिका कारण मानिस यो देशमा भविष्य छैन भन्दै विदेश पुगेका छन्। हामी आत्मनिर्भरताको कुराकानी गरिरहेका छौँ। तर त्यसको बाटो पहिल्याउन किन सकिएन ? विश्वभर देखिएको आर्थिक प्रभावका विषयमा नेपाल पनि अछुतो रहन सकेको छैन। त्यसलाई रोक्न हामीले के गर्ने ? देशको अर्थतन्त्र सुधारका लागि अब गर्नुपर्ने काम के के हुनसक्छन् ? यी र यस्तै विषयमा आधारित रहेर पूर्व महान्यायाधिवक्ता प्राध्यापक डा. युवराज संग्रौलासँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

के साँच्चै अब यो देशमा हाम्रो भविष्य छैन ?
भविष्य छ तर अहिले हाम्रो देश रोगी छ। त्यसको उपचार सही रूपमा गर्नुपर्छ। यसको उपचार सही रुपमा गरिएन भने देश कसैको आक्रमणले मर्दैन तर सभ्यता र संस्कृतिको अन्त्यले मर्छ। हामीले हाम्रा सबै पुराना कुरा त्यागेका छौँ। जस्तो पुरानो शिक्षा पद्धति, उत्पादन प्रणाली सबैमा नयाँ प्रवृत्ति ल्याइयो। विकास भनेर नयाँ कुराहरू आए। अहिले विभिन्न मिडियामा सामाजिक सञ्जालमा रक्सी र मासु राखेर आज मोज गरियो भनेर भन्छन्। त्यो हाम्रो परम्परा होइन। बेलायतको एउटा सम्मेलनमा अश्लीलता सामाजिक सञ्जालमा पोस्ट गर्ने नेपाल दोस्रो देश भएको पुष्टि भएको छ। यो सबैमा नियन्त्रण हुनुपर्छ। हामीले मौलिकता नै भुल्दै गयौँ। बाहिरको सबै कुरा मनपर्न थाल्यो। सबैभन्दा पहिला यसमा सुधार गर्नुपर्छ।

पहिला हामीले भारतलाई धान बेच्ने गथ्र्यौ। तर अहिले आयात गर्नुपर्ने अवस्था छ। हामीलाई यसरी एकोहोरो के ले बनायो त ?
पहिला मेरो अनुभवमा मेलम्चीबाट सागपात लगायतका तरकारी फलफूलहरू आउँथे। भक्तपुरका मानिसहरू लिन जान्थे। तर अहिले कालीमाटीको तरकारी मेलम्चीमा जान्छ। १९८७ मा हाम्रो चामल र धान इन्डियामा जान्थ्यो। त्यो समयमा हामी वर्षमा करिब ६ करोड धान हाल्ने बोरा र सिमेन्ट हाल्ने बोरा भारतलाई दिन्थ्यौँ। अहिले उल्टो भएको छ। आयात बढ्दै जाँदा निर्यात नै छैन। यो मात्र हाम्रो समस्या होइन। हामीले हाम्रो पहिचान झल्काउने नाममाथि पनि आक्रमण गरेका छौँ। हाम्रो ३४ प्रतिशत नामहरू भत्किए। विदेशी नामहरू अंग्रेजीमा आए। हरेक कुरामा हामीले पश्चिमा भित्रायौँ। इतिहास पढ्ने विद्यार्थी नै छैनन्। सम्भावना हाम्रो सबै तिर छ। जता फर्किए पनि पैसा छ। हाम्रो प्राकृतिक सम्पदा धर्म सस्कृति सबैमा पैसा छ। यो सबैमा नेपालको भू–राजनीतिक जोडिन्छ। पश्चिमले र इन्डियाले सिद्धाउने हामीलाई नै हो। आत्मनिर्भरताको बाटो बन्द गर्ने षडयन्त्र भइरहेछ। देश बिगार्ने बिचौलियालाई हामीले चिन्न सकेनौं। यो हाम्रो कमजोरी हो।

राष्ट्रवादी र देश भक्ति भनेको कस्तो हो ?
यो देशका लागि हामी आफैले नीति नियमहरू बनायौं। जस्तो अहिलेको चुनाव कसैको बहुमत नआउने अवस्था छ। यसले अस्थिर रहिरहने अवस्था आयो। अहिलेको राजनीतिको अनैतिकताले विदेशीको हस्तक्षेप नेपालमा स्थापित गरेको छ। यो विदेशीले बनाएको दलदलमा हाम्रो यो राजनीति उम्रिएको छ। यसको बारेमा हामीले अध्ययन गर्नुपर्ने देखिन्छ। देश भक्ति भनेको संस्कृतिलाई माया गर्दै सुधार गर्ने, आफ्नो देशको इतिहास निर्माण गर्दै सुधार गर्ने, इतिहासमा भएका गलत कुरालाई सच्याउने नै हो। त्यसैले किराँत जात धर्म हैन सभ्यता हो। लिम्बु, राई बाहुन जात हो। किराँत नाम राख्नु भनेको अर्को सभ्यता राख्नु हो। मोगरात, मिथिला, बैद्धिक सनातन सभ्यता हो। त्यस कारण त्यसको नाम राख्न सक्छौँ। तर अहिलेको नेपालको राजनीति १९५० पछि निर्माण हुन थालेको दलदलमा निर्माण भएको राजनीति हो। कतिपय कम्युनिस्ट भित्रका पार्टीहरू पनि विदेशीले बनाएका छन्। यसले हाम्रो अस्तित्व संकटमा छ।

नयाँ संविधान जारी भएपछि सत्तामा बसेकाहरुले यसको व्यवस्थापन गर्न नसकेको देखिन्छ। किन यस्तो भयो ?
राज्यको अर्थनीति व्यक्तिबाट होइन विश्व बैंक र अन्तर्राष्ट्रिय मौद्रिक फ्रन्डबाट चलेको छ। हाम्रोमा देश बनाउने नाममा अमेरिकाबाट एमसीसीलाई प्रवेश दिइन्छ। एमसीसीले अर्थतन्त्र सुधार गर्छ भनेर कम्युनिस्ट पार्टी नै लागि परेको देखिन्छ। भनेपछि अर्थतन्त्रको नीति नै गलत छ। नेताहरू मात्र गलत होइनन्। हामीले अबलम्बन गरेको नीति नै गलत छ। हाम्रो कृषि अनुदानमा कागज मात्र छ। अन्तबाट आएको विकासे धान र मकैको बिउमा हाम्रो ध्यान गएको छ। बिउ मात्र होइन हामी रासायनिक मलसमेत बाहिरबाटै ल्याइराखेका छौं। त्यसले गर्दा कृषिको नीति पनि गलत छ।

नेपाली कृषक किन सक्षम हुन सकेनन् ?
कृषि आधुनिकीकरण र वैज्ञानीकरणमा दुई कुराको आवश्यक हुन्छ। जमिनको व्यवस्थापनमा हाम्रो समस्या छैन। अर्को निश्चित समयसम्म किसानले उत्पादन गरेर बजारमा लगेर बेच्दैन। त्यसलाई राज्यले बजारमा लगेर प्रतिस्पर्धी बनाउनुपर्छ। किसान असक्षम होइन सक्षम हुन नै दिइएन। रासायनिक मल दिएर किसानलाई बिगारियो।

शिक्षा, सामाजिक परिवेश आर्थिक सबै पक्ष बिग्रिएका छन्। यो ठाउँबाट कसरी उम्किने ?
चीन र अमेरिकाको बढ्दो विश्व युद्धको बीचमा हामी छौँ। जति मान्छे बाहिर गएका छन् र रेमिटेन्स ल्याएका छन्। यो केही समयको लागि मात्र हो। जहाँ जहाँ जमिन खाली छ त्यहाँ हामी खेती गर्न थाल्यौँ। यसरी लाग्यौँ भने हामी बाँच्छौँ। श्रीमानले विदेशबाट पठाएको पैसाले अब छोरो राम्रो स्कुल पढ्दैन। नेताले देश बनाउने होइन। हामी आफै स्वनिर्भर हुनुपर्छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  १० : ०४ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०