शक्ति राष्ट्रहरूको सामरिक सामर्थ्यको बढोत्तरीले नेपालले सुरक्षा चुनौतीको सामना गर्नुपर्‍यो : प्रधानमन्त्री « Khabarhub

शक्ति राष्ट्रहरूको सामरिक सामर्थ्यको बढोत्तरीले नेपालले सुरक्षा चुनौतीको सामना गर्नुपर्‍यो : प्रधानमन्त्री


१४ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा सुरक्षा चुनौती बढेको स्वीकारेका छन् । मंगलबार राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहलाई सम्बोधन गर्दै उनले नेपालको भू–राजनीतिक अवस्थिति र अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रूपमा शक्ति राष्ट्रहरूको सामरिक सामर्थ्यको बढोत्तरीका कारण देशले सुरक्षा चुनौतीको सामना गर्नुपरेको बताए ।

‘वर्तमान समयमा विभिन्न सुरक्षा चुनौतीको सामना गर्नु परिरहेको छ । देशको भू–राजनैतिक अवस्थिति, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रूपमा शक्ति राष्ट्रहरूको सामरिक सामर्थ्यको बढोत्तरी, प्रतिस्पर्धा एवं प्रभाव, सीमा विवाद, जलवायु परिवर्तनको साथै आन्तरिक रूपमा विद्यमान रहेको राजनीतिक जटिलता, विश्व आर्थिक मन्दी र त्यसको राष्ट्रिय प्रभाव, राष्ट्रिय एकता र सुरक्षामाथि प्रहार गर्न खोज्ने अतिवादी एवं पृथकतावादी सोच, दक्ष जनशक्तिको पलायन, खुला सिमाना र त्यसले निम्त्याउन सक्ने आपराधिक गतिविधिहरू लगायतका चुनौतीहरू आज हामीले एकसाथ सामना गर्नु परिरहेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ४ : ०७ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल