काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा सुरक्षा चुनौती बढेको स्वीकारेका छन् । मंगलबार राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहलाई सम्बोधन गर्दै उनले नेपालको भू–राजनीतिक अवस्थिति र अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रूपमा शक्ति राष्ट्रहरूको सामरिक सामर्थ्यको बढोत्तरीका कारण देशले सुरक्षा चुनौतीको सामना गर्नुपरेको बताए ।
‘वर्तमान समयमा विभिन्न सुरक्षा चुनौतीको सामना गर्नु परिरहेको छ । देशको भू–राजनैतिक अवस्थिति, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रूपमा शक्ति राष्ट्रहरूको सामरिक सामर्थ्यको बढोत्तरी, प्रतिस्पर्धा एवं प्रभाव, सीमा विवाद, जलवायु परिवर्तनको साथै आन्तरिक रूपमा विद्यमान रहेको राजनीतिक जटिलता, विश्व आर्थिक मन्दी र त्यसको राष्ट्रिय प्रभाव, राष्ट्रिय एकता र सुरक्षामाथि प्रहार गर्न खोज्ने अतिवादी एवं पृथकतावादी सोच, दक्ष जनशक्तिको पलायन, खुला सिमाना र त्यसले निम्त्याउन सक्ने आपराधिक गतिविधिहरू लगायतका चुनौतीहरू आज हामीले एकसाथ सामना गर्नु परिरहेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।
प्रतिक्रिया