चीनमा बोआओ फोरमको सम्मेलन सुरु, प्रधानमन्त्री प्रचण्ड सहभागी नहुने « Khabarhub

चीनमा बोआओ फोरमको सम्मेलन सुरु, प्रधानमन्त्री प्रचण्ड सहभागी नहुने


१४ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनको चियोङहाई सहरमा मंगलबारबाट एसियाका लागि बोआओ फोरमको सम्मेलन सुरु भएको छ । यस सम्मेलनमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने सहभागी हुने छैनन् । सम्मेलनमा सहभागी हुन नेपालका लागि चिनियाँ राजदूत छेन सङले निम्तो दिएपनि प्रचण्ड सम्मेलनमा सहभागी नहुने काठमाडौँ पोस्टले उल्लेख गरेको छ ।

यद्यपि यसबारे प्रधानमन्त्रीको कार्यालयले कुनै औपचारिक जानकारी भने गराएको छैन । यसलाई प्रचण्ड प्रधानमन्त्री भएयता नेपालमा चीनको प्रमुख असफलता ठानिएको छ । बोआओ सम्मेलनमा प्रचण्ड सहभागी नहुनुमा भू राजनीतिक कारण जिम्मेवार रहेको हेबेईमा नेपाल अध्ययन केन्द्रका निर्देशक झाङ सुबिनलाई उद्धृत गर्दै काठमाडौँ पोस्टले जनाएको छ ।

यस सम्मेलनमा सिंगापुरका प्रधानमन्त्री ली सेइन लुङ, मलेशियाका प्रधानमन्त्री अनवर इब्राहिमलगायत नेताको सहभागिता हुनेछ । सुरक्षा, विकास, समावेशीताजस्ता विषयमा छलफल हुने बताइएको यस सम्मेलन आगामी मार्च ३१ सम्म चल्नेछ ।

५ वर्षअघि चीनको महत्वकांक्षी बेल्ट एण्ड रोट इनिसिएटिभ बीआरआईमा जोडिएको नेपालका प्रधानमन्त्री बोआओ फोरममा सहभागी नहुनुलाई निकै चासोपूर्वक हेरिएको छ । बीआरआईमा सहभागी भएपनि नेपालमा बीआरआईका परियोजना अघि बढ्न सकेका छैनन् ।

श्रीलंका, पाकिस्तान, जाम्बियाजस्ता मुलुक चीनको ऋण पासोमा परेसँगै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रेलमार्ग निर्माणका लागि व्यवसायिक ब्याजदरमा ऋण दिने चीनको प्रस्ताव अस्वीकार गरेका थिए ।

ऋणको ब्याज अत्यन्त उच्च हुने भएकाले नेपालले बीआरआईका परियोजना अघि बढाउन चीनसमक्ष ऋणभन्दा पनि अनुदान उपलब्ध गराउन आग्रह गर्दै आएको छ । हालै चीनको ऋण सहायतामा निर्माण गरिएको पोखरा विमानस्थल अपेक्षाअनुसार सञ्चालन नहुँदा श्रीलंकाको हम्बनतोता बन्दरगाहजस्तै यो पनि सेतो हात्ती साबित त हुने होइन भन्ने प्रश्न खडा भएको छ ।

उसैपनि मुलुकमा वाह्य ऋणको भार बढ्दै गएको र व्यवसायिक ब्याजदरमा थप ऋण लिँदा आर्थिक समस्या अझ गहिरिने चिन्ता बढिरहेको छ । अर्कोतर्फ अमेरिकी सहायता कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी स्वीकार गरेपछि चीन नेपालसँग झस्केको विश्लेषण गरिन्छ ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ५ : ४० बजे

कांग्रेस महाधिवेशनको बन्द सत्र : सभापतिको प्रतिवेदनमाथि तीन छुट्टाछुट्टै हलमा छलफल

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र शुरू भएको छ

रौतहटको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

रौतहट- प्रहरीले रौतहटको गुजरा नगरपालिका–५, लक्ष्मीपुरस्थित एक इँटाभट्टामा अलपत्र परेका ४२

कांग्रेस महाधिवेशनको बन्द सत्रमा सभापति थापाले प्रस्तुत गेको प्रतिवेदनमा के छ ? पूर्णपाठ

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्रमा

इमरान खानको रिहाइ माग्दै समर्थकको इस्लामावादतर्फ मार्च

इस्लामावाद – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै उहाँका

अमेरिकी नाकाबन्दीबीच इरानका तेलमन्त्रीले दिए राजीनामा

तेहरान- संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम निर्यात रोक्न कडा नौसैनिक नाकाबन्दी