गण्डकीका नवनियुक्त मुख्यमन्त्री पाण्डेको शपथ १२ बजे  « Khabarhub

गण्डकीका नवनियुक्त मुख्यमन्त्री पाण्डेको शपथ १२ बजे 


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पद तथा गोपनीयताका शपथ लिँदैछन् ।

नेकपा माओवादीलगायतका राजनीतिक दलको समर्थनमा मुख्यमन्त्री भएका पाण्डेले आज मध्याह्न १२ बजे पद तथा गोपनीयताका शपथ लिन लागेका हुन् ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनको पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख गुरुङले बिहीबार पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

तर, मुख्यमन्त्री पाण्डेले कति सदस्यीय मन्त्रीपरिषद् बनाउँछन् भन्ने टुंगो लागिसकेको छैन ।

यद्यपि, मुख्यमन्त्री पाण्डेले मन्त्रीहरुका आंकाक्षी आफ्नै पार्टी नेपाली कांग्रेसका सांसद तथा प्रमुख सत्ता सहयोगी नेकपा माओवादी केन्द्रका सांसदहरुसँग भने छलफल गरिरहेका छन् ।

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि आजै दिउँसो १ बजे पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ९ : ०० बजे

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको

एमाले स्थायी कमिटीको बैठक सम्पन्न, १३ जना केन्द्रीय कमिटी सदस्य थपिए

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ– जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ (चितवन)- जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने