गण्डकीका नवनियुक्त मुख्यमन्त्री पाण्डेको शपथ १२ बजे  « Khabarhub

गण्डकीका नवनियुक्त मुख्यमन्त्री पाण्डेको शपथ १२ बजे 


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पद तथा गोपनीयताका शपथ लिँदैछन् ।

नेकपा माओवादीलगायतका राजनीतिक दलको समर्थनमा मुख्यमन्त्री भएका पाण्डेले आज मध्याह्न १२ बजे पद तथा गोपनीयताका शपथ लिन लागेका हुन् ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनको पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख गुरुङले बिहीबार पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

तर, मुख्यमन्त्री पाण्डेले कति सदस्यीय मन्त्रीपरिषद् बनाउँछन् भन्ने टुंगो लागिसकेको छैन ।

यद्यपि, मुख्यमन्त्री पाण्डेले मन्त्रीहरुका आंकाक्षी आफ्नै पार्टी नेपाली कांग्रेसका सांसद तथा प्रमुख सत्ता सहयोगी नेकपा माओवादी केन्द्रका सांसदहरुसँग भने छलफल गरिरहेका छन् ।

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि आजै दिउँसो १ बजे पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ९ : ०० बजे

नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार

सिन्धुली – सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंक लुटपाटको

महेश बस्नेतको आक्रोश : गगनहरूलाई कांग्रेसको आधिकारिकता लोकतन्त्र र विधिको शासनमाथिकै प्रहार

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाली कांग्रेसको आधिकारिकता विभाजित

आधिकारिकता पाएपछि उपसभापति भुसालले भनिन् : कांग्रेस एकताबद्ध बनाउँछौँ

काठमाडौं- गगन थापा अन्तत: नेपाली कांग्रेसका आधिकारिक सभापति भएका छन्

पूर्णबहादुरले भने : आयोगको निर्णयविरुद्ध संघर्ष गर्छौँ

काठमाडौं- नेपाली कांग्रेसका निर्वतमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनलाई