प्रतिनिधिसभा बैठक : विकास बजेट कटौती नगर्न माग « Khabarhub

प्रतिनिधिसभा बैठक : विकास बजेट कटौती नगर्न माग


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाका सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा विकास बजेट कटौती नगर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद रोशन कार्कीले तत्कालीन नेकपा (माओवादी) का अयोग्य  लडाकुलाई पैसा दिने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरे ।

सांसद बद्री पाण्डेले बाजुरालाई केन्द्रबिन्दु भएर शुक्रबार भूकम्प गएको र सुदूरपश्चिम अझै भूकम्प आउने विशेषज्ञले बताइरहेका सन्दर्भमा यसको तयारीका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसद ठाकुर गैरेले संसद्को हिउँदे अधिवेशन आज अन्तिम भन्ने सुनिएको तर प्रधानमन्त्रीले संसद्मा उठेका प्रश्नको जवाफ कहिले दिनुहुन्छ भनी प्रश्न गरे । सांसद चन्दा कार्कीले राष्ट्रपति उत्थान कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयअन्तर्गत राख्नुपर्ने, प्रसूति गृहमा हेलिप्याड राख्ने व्यवस्था गर्नुपर्ने माग गरे।

सांसद विश्वप्रकाश शर्माले झापामा हात्तीको आक्रमणबाट व्यक्तिको मृत्यु हुनेक्रम बढ्दो रहेको र वन्यजन्तु तथा बालीनाली विनाश गर्ने गरेको अवगत गराउँदै राहत प्रदान गर्न एवं समस्या समाधानका लागि आवश्यक पहल गर्न माग गरे ।

सांसद रामहरि खतिवडाले अयोग्य लडाकुलाई जनही दुई-दुई लाख रकम वितरण गर्न लागिएकोप्रति विरोध जनाउँदै आर्थिक मन्दी भएका बेलामा यो कार्य रोकिनुपर्छ भने । सांसद वासुदेव घिमिरेले राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले राखेका जायज माग पूरा गर्न सरकार गम्भीर हुनुपर्ने बताए । सांसद लालवीर चौधरीले किसानलाई समय मै मल र बीउको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।   

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  २ : ४८ बजे

पार्टीको विवाद अदालतमा पुनरावलोकन भइरहेको छ, धेरै टिप्पणी गर्दिनँ : देउवा

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको विवाद सर्वोच्च अदालतमा

संसद्‌ भवन परिसरमा वृक्षारोपण  

काठमाडौं– निर्माणाधीन सङ्घीय संसद्‌ परिसरमा वृक्षारोपण गरिएको छ ।  शुक्रबार

ग्यासको हाहाकार टार्न चितवनमा एकद्वार प्रणाली (तस्बिरहरू)

भरतपुर– ग्यासको हाहाकार भएपछि चितवनमा एकद्वार प्रणालीबाट वितरण थालिएको छ ।

सुकेधाराबाट इतर पक्षको घोषणा : गगन थापालाई कांग्रेसको सभापति मान्दैनौँ

काठमाडौं- नेपाली कांग्रेसभित्र सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवा

गगनमाथि पूर्णबहादुरको प्रहार : अवैध विशेष महाधिवेशनबाट सभापति बने, चुनावमा आफू र पार्टीलाई खाल्डामा पारे

काठमाडौं- नेपाली कांग्रेसका तत्कालीन उपसभापति पूर्णबहादुर खड्काले सभापति गगन थापामाथि