भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै « Khabarhub

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– बुधबारदेखि भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ भने कोरोनाबाट निको हुनै जानेको सङ्ख्या समेत बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा सात हजार पाँच सय ३३ जनामा कोभिड–१९ सङ्क्रमण पत्ता लागेको तथा ११ हजार ४७ जना कोरोना मुक्त भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ ।

दुई लाख आठ हजार एक सय १२ जनाको स्वाब परीक्षण गर्दा सात हजार पाँच सय ३३ जनामा सङ्क्रमण पत्ता लागेका हो । अघिल्लो साता भारतमा कोरोना महामारी मत्थर भएयता सबैभन्दा धेरै बिरामी फेला परेपछि केन्द्र सरकारले परीक्षणलाई तीव्र गतिमा अघि बढाउनका साथै खोप अभियानलाई पनि उच्च प्राथमिकता दिँदै आएको छ ।

हाल भारतमा कोरोनाबाट सक्रिय रूपमा सङ्क्रमित बिरामी ०.१२ प्रतिशत रहेका उक्त मन्त्रालयले जनाएको छ । चार करोड ४३ लाख ४७ हजार २४ जना रोगमुक्त भएका छन् ।

विश्वव्यापी कोरोना महामारी सुरु भएदेखि हालसम्म दुई अर्ब २० करोड ६६ लाख भारतीयले कोरोनाविरुद्ध खोप लगाइसकेका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ३ : ०४ बजे

प्रदेश संरचना खारेज नगरी विकास सम्भव छैन : ज्ञानेन्द्र शाही

बिर्तामोड (झापा) — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र

आगामी चुनावबाट देशले जित्नुपर्छ : अध्यक्ष लिङ्देन

 बिर्तामोड– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू केवल

नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा. थापा

काठमाडौं– नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा. विजय थापा

अन्तिम मतदाता नामावली प्रकाशित, सवा नौ लाख मतदाता थपिए

काठमाडौं–निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

प्रतिकूल मौसमले धनगढी विमानस्थल प्रभावित

काठमाडौं- प्रतिकूल मौसमका कारण धनगढी विमानस्थलबाट हुने उडान र अवतरण