राजनीतिक अस्थिरताले पाकिस्तानमा अपराध बढ्यो : आयोग « Khabarhub

राजनीतिक अस्थिरताले पाकिस्तानमा अपराध बढ्यो : आयोग


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– देशको वर्तमान अवस्थालाई लिएर पाकिस्तानको मानव अधिकार आयोगले चिन्ता व्यक्त गरेको छ । राजनीतिक दलका कार्यकर्तालाई बलपूर्वक बेपत्ता पार्ने तथा उनीहरूमाथिको कारबाहीलाई तीव्र पारिएकामा आयोगले चिन्ता व्यक्त गरेको हो ।

धार्मिक अल्पसङ्ख्यक, तेस्रोलिङ्गी, ईश्वरको निन्दा गर्ने तथा अस्थिरता सृजना हुने उत्तेजक गतिविधिका कारण देशमा हिंसा बढेको बुधबार सार्वजनिक गरिएको आयोगको प्रतिवेदनमा जनाइएको छ ।

गत वर्षका विवरण समावेश गरिएको उक्त प्रतिवेदनमा सन् २०२२ लाई राजनीतिक अस्थिरताको वर्षका रूपमा चित्रण गर्दै कार्यपालिका र व्यवस्थापिकाले गुमाएको जनविश्वास पुनः स्थापना गर्न भरमग्दुर प्रयास गर्नुपरेको उल्लेख छ ।

देशले झेल्नु परेको राजनीतिक एवम् संवैधानिक सङ्कट अदालतबाट समाधान गर्ने प्रयासले परिस्थितिलाई अझ जटिल बनाएको उल्लेख गर्दै आयोगको प्रतिवेदनमा पूर्वप्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वासको प्रस्ताव पारित भएपछि पाकिस्तान चरम राजनीतिक सङ्कटबाट गुज्रिरहेको जनाइएको छ ।

पूर्वप्रधानमन्त्री खान यथाशक्य चाँडो निर्वाचन हुनुपर्ने माग गरिरहेका छन् भने सत्ता गठबन्धनले त्यसलाई बेवास्ता गर्दै आएको छ । पाकिस्तानका प्रमुख प्रान्तहरू पञ्जाव र खैबर पख्तुनख्वाका प्रान्तीयसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा पुगेको छ भने बढ्दो राजनीतिक अस्थिरतासँगै जलवायु परिवर्तनका कारण गत वर्षको भीषण बाढीले जनजीवन कष्टकर पारेको छ ।

बाढीपीडितका पीडामा सहायताको मलम कसैले लगाएको छैन । गत वर्षको बाढीबाट तीन करोड तीन लाखभन्दा बढी पाकिस्तानी प्रभावित भएका थिए भने एक हजार सात सय जनाको ज्यान गएको थियो ।

आयोगको प्रतिवेदनअनुसार राजनीतिक कार्यकर्तालाई बलपूर्वक बेपत्ता पार्ने घटना गत वर्ष रोकिएनन् भने आफै खोजीमा जुटेका बेपत्ता भएकाहरूका परिवारका आफन्तलाई धम्क्याइएका घटना पनि बढेका थिए । बेपत्ता भएकाहरूको खोजी तथा छानबिन गर्ने निकायमा अझै पनि दुई हजार दुई सय १० वटा मुद्दा बिना कारबाही थन्किएका छन् । बलुचिस्तान र अन्य क्षेत्रमा बेपत्ताका घटना अन्य क्षेत्रको तुलनामा बढेका छन् ।

बितेका पाँच वर्षको तुलनामा गत वर्ष सबैभन्दा धेरै आतङ्कवादी हमला पाकिस्तानमा भएका थिए ।  गत वर्ष भएका तीन सय ७६ आतङ्कवादी हमलामा पाँच सय ३३ जनाले ज्यान गुमाएका तथा आठ सय ३२ जना घाइते भएका प्रतिवेदनमा उल्लेख छ ।

विभिन्न अपराधमा दोषी ठहरिएका ९८ जनालाई गत वर्ष मृत्युदण्ड दिइएको थियो । अघिल्लो वर्ष एक सय २९ जनालाई प्राण दण्ड दिइएको थियो । पाकिस्तानका कारागारमा क्षमताभन्दा बढी कैदीलाई राखिएको उल्लेख गर्दै प्रतिवेदनमा देशभरका कारागारमा ८८ हजार छ सय ८७ जना बन्दी रहेका जनाइएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ४ : ४९ बजे

महाधिवेशनपछि एमालेको पहिलो सचिवालय बैठक भोलि बस्ने, समानुपातिक सूचीलाई अन्तिम रुप दिइने

काठमाडौं- नेकपा एमालेले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय

गगन थापा र सुरेन्द्र पाण्डेलाई सुदन किरातीको प्रश्न : झगडा गरेर कहिलेसम्म टिक्ने ?

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषदका सदस्य तथा पूर्वमन्त्री सुदन

बालुवाटारमा प्रधानमन्त्री कार्की र तीन दलका नेताबीच छलफल जारी (तस्बिरहरु)

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताहरुबीच

जेन-जी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु

झापा– जेन-जी आन्दोलनको क्रममा कारागारबाट फरार भएका विर्तामोड नगरपालिका वडा

सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले नागरिकमा विश्वास र आशा जगाउने