मुगुका ज्येष्ठ नागरिक कुखुरापालनमा आकर्षित « Khabarhub

मुगुका ज्येष्ठ नागरिक कुखुरापालनमा आकर्षित


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

मुगु– मुगुको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकाका ज्येष्ठ नागरिक कुखुरापालनमा आकर्षित भएका छन् । सोरु गाउँपालिका–९ कालै गाउँका सिंहबहादुर शाहीसहित ज्येष्ठ नागरिक कुखुरा पालनप्रति आकर्षित भएका छन् । 

७२ वर्षीय शाही कुखुरा पालनबाट भएको आम्दानीले बुढ्यौलीको सहारा बनेको बताउँछन् । उनी मात्र होइनन कालै गाउँका दर्जनौँ ज्येष्ठ नागरिकहरु पछिल्लो समय कुखुरापालन गर्न थालेका छन् । १०० वटा कुखुरा पालन गरि रहेका कृषकहरुलाई कुखुरापालनले घर खर्च टर्नुका साथै छोराछोरी पढाउन सहयोग पुग्ने अपेक्ष पुनदेवी रावलको छ । 

 व्यावसायिक कुखुरापालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत  पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुको आर्थिक सहयोगबाट सोरु गाउँपालिकाको कालै र धार्क गाउँका ६६ जना कृषकहरुलाई २ हजार ३ ७५ कुखुराका चल्ला वितरण गरिएको छ ।  जसमा कालै गाउँका ६१ जनामध्ये ६ जना नुमना कृषकलाई प्रत्येक १०० वटा कुखुराका चल्ला वितरण गरिएको छ भने बाँकी ५५ जना लाई प्रत्येक १० वटा कुखुरा वितरण गरिएको कार्यालयले जनाएको छ । 

खजुरामा रहेको संघीय कार्यालय कुखुरा विकास फर्मबाट न्युहेम्पसायर र ब्ल्याकस्टक गरी दुई प्रजातिका चल्ला वितरण गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुका कार्यालय प्रमुख भिमचन्द्र बुढाले बताए । 

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ४ : ३० बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६