बलात्कार आरोपमा २ जना पक्राउ « Khabarhub

बलात्कार आरोपमा २ जना पक्राउ


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं र झापाबाट बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन् । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं स्वयम्भू बस्ने ३७ वर्षीय कर्मा घलेलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

घलेले ती किशोरीलाई काठमाडौं बौद्ध तीनचुलीस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

२५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको गौरादह नगरपालिका-६ बिरबल चोक बस्ने ५१ वर्षीय देव कुमार ताजपुरीयालाई  प्रहरीले पक्राउ गरेको छ । 

ताजपुरीयाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कोहबराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ४ : ३४ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको