फलामको रडले घोच्दा सेनाका एक जवानको मृत्यु  « Khabarhub

फलामको रडले घोच्दा सेनाका एक जवानको मृत्यु 


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कलैया– बाराका सिसहनियामा ट्र्याक्टरमा लोड गरेको फलामको छडले घोच्दा नेपाली सेनाका एक जवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

मृत्यु हुनेमा नेपाली सेनाको कसरा ब्यारेक नवलपरासीमा कार्यरत जवान राजकुमार राम रहेको प्रहरी प्रवक्ता पुरुषोत्तम सिंह पाण्डेयले जानकारी दिए । 

बा८०प  ८२८० नंको मोटरसाइलमा सवार मृतक वीरगञ्जबाट कलैया जाने क्रममा कलैया उपमहानगरपालिका–२४ सिसहनियामा ना ५ त ४०२१ नंको ट्रयाक्टरमा रहेको फलामको रडले घोच्दा घटनास्थलमा मृत्यु भएको प्रवक्ता पाण्डेयले जानकारी दिए । 

ट्र्याक्टर चालक रौतहट जिल्ला देवाही गोनाही नगरपालिका–५ टिकुलिया निवासी ३२ वर्षीया रमेश तिवारीलाई पक्राउ गरी घटनाबारे अनुसन्धान गरिएको प्रहरी उपरीक्षक होमिन्द्र बोगटीले जानकारी दिए । मृतक राम कलैया उपमहानगरपालिका–१६ मझैलिया निवासी हुन् ।  

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ४ : ४९ बजे

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण

रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा