नक्कली नोटसहित दुई जना पक्राउ « Khabarhub

नक्कली नोटसहित दुई जना पक्राउ


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

ललितपुर–  नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोदावरी नगरपालिका-१३ झरुवारासी बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका-११ घर भएका ३६ वर्षीय जीवन भन्ने सुरेश तामाङ र कास्की मादी गाउँपालिका-१ घर भएका २१ वर्षीय  सुकुटे भन्ने भुपाल विक रहेका छन् ।

सुरेश तामाङले गोदावरी नगरपालिका-१३ झरुवारासीस्थित किराना पसलमा सामान किनेर जाली नोट दिएको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले सोही पसल अगाडिबाट नेपाली एक हजार दरको नोट १ थान, पाँच सय दरको नोट १ थान र एक सय दरको नोट १ थान गरी जम्मा ३ थान नक्कली जस्तो देखिने नोटसहित पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा भूपाल बिकको समेत संलग्नता रहेको खुल्न आएपछि ललितपुर गोदावरी नगरपालिका-११ बज्रवाराहीबाट उनलाई नेपाली पाँच दरको नोट १ थान र सय दरको नोट १ थान गरी जम्मा २ थान नक्कली जस्तो देखिने नोटसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

साथै भूपाल विकको गोदावरी नगरपालिका-१३ स्थित डेरा समेत तलासी गर्दा मुद्रा सम्बन्धी कसुरमा प्रमाणमा लाग्ने फोटोकपी/प्रिन्टर मेसिन १ थान, नेपाली एक हजार, पाँच सय र एक सय दरका नोटको फोटोकपी गरिएको कागजातहरू र नक्कली जस्तो देखिने विभिन्न नोट पानाहरू समेत फेला पारी बरामद गरेको छ ।

उनीहरू माथि जिल्ला अदालत ललितपुरबाट म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ५ : ०८ बजे

इरानको पुनर्निर्माणमा अमेरिका सहयोग गर्न तयार : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामपछि इरानको पुनर्निर्माणमा अमेरिका सहयोग

स्ट्रेट अफ होर्मुजबाट गुज्रिने हरेक जहाजबाट इरान र ओमानले शुल्क असुल्ने

तेहरान- अमेरिका र इरानबीच भएको दुई हप्ताको युद्धविराम सम्झौतासम्बन्धी एक

ट्रम्पले भने– चीनले इरानलाई युद्धविरामका लागि तयार गर्‍यो

वाशिंटन- युद्धविरामलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ तर्क गरेका

जिल्ला अस्पताल निरीक्षणमा स्वास्थ्य मन्त्री

इनरुवा– स्वास्थ्य तथा जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहताले यहाँस्थित

मध्यपूर्व युद्धविराम : विश्वको प्रतिक्रिया र सुरक्षित मार्ग सुनिश्चित गर्ने आशा

एजेन्सी– संयुक्त राज्य अमेरिका र इरानले दुई हप्ताका लागि युद्धविराममा