कपन हत्या प्रकरण : एआईजीको नेतृत्वमा अनुसन्धान समिति गठन « Khabarhub

कपन हत्या प्रकरण : एआईजीको नेतृत्वमा अनुसन्धान समिति गठन


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको कपनस्थित सरस्वतीनगरमा वैशाख ७ गते एक भाँडा व्यवसायीको चक्कु प्रहारबाट भएको हत्याको छानविन तथा अनुसन्धान गर्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को नेतृत्वमा समिति गठन भएको छ । 

प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) का एआईजी किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताए ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख र जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुखसमेत सहभागी हुने गरी उच्चस्तरको छानबिन समिति गठन गरिएको छ । 

एक साता बितिसक्दा उक्त हत्या प्रकरणका बारेमा प्रहरीले यकिन कारण पत्ता लगाउन नसकेपछि उच्चस्तरबाट छानविन गर्न समिति बनाइएको हो ।

वैशाख ७ गते अपराह्न पसलमा बसिरहेका बेला ३५ वर्षीया नीरा पाण्डे आचार्यको चक्कुले शरिरका विभिन्न अंगमा प्रहार गरी हत्या गरिएको थियो । विभिन्न कोणबाट अनुसन्धान गरिए पनि प्रहरीले तथ्य पत्ता लगाउन नसक्दा विरोधसमेत भइरहेको छ । 

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ७ : ५१ बजे

भोटेकोसीमा खसेको गाडी खोज्न बिहानैबाट सुरु, चालक पनि बेपत्ता

काठमाडौं– चीनबाट आयात गरिएको एसआरएम कम्पनीको विद्युतीय गाडी (इभी) शनिबार साँझ रसुवाको

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ– शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि ग्वाङडोङ

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

जनकपुरधाम– प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष अभियान

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा करिब तीन हजारजना पक्राउ

जनकपुरधाम– प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष अभियान

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक सम्मान

काठमाडौं– नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ