राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गर्ने महत्वपूर्ण माध्यम खेलकुद हो : उपराष्ट्रपति « Khabarhub

राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गर्ने महत्वपूर्ण माध्यम खेलकुद हो : उपराष्ट्रपति


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले खेलकुद अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको झण्डा फराउने र राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गर्ने महत्वपूर्ण माध्यम भएको बताएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज बेलुका आयोजित १३औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको एक भब्य समारोहबीच कार्यवाहक राष्ट्रपति यादवले उद्घाटन गरे । उहाँले खेलकुद नै विश्व बन्धुत्व, शान्ति र समझदारीको महत्वपूर्ण माध्यम भएको बताउँदै भविष्यमा देशको प्रतिनिधित्व गर्ने खेलाडीमाझ उपस्थित हुन पाउँदा खुसीको अनुभूति भएको उल्लेख गरे।

राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले स्थानीय तह, जिल्ला, प्रदेश हुँदै केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । उनले प्रतियोगिता पिरामिड आकारमा जगबाटै सञ्चालन हुने हुँदा यस प्रतियोगिताको महत्व खेलाडी उत्पादनमा विशेष अर्थपूर्ण रहेको बताए।

सदस्य–सचिव घिसिङले आगामी वर्षदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता थप व्यवस्थित र व्यासायिक खेलाडी उत्पादनमा केन्द्रित गर्ने उल्लेख गरे । उनले प्रतियोगिताको १४औँ संस्करण विसं २०८० को फागुन १६ देखि १८ गतेसम्म सञ्चालन गर्ने घोषणा गरे ।

 

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  १० : ३८ बजे

गाडीको ठक्करबाट एक जनाको मृत्यु

काँक्रेविहार– गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति

प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा