बैतडीमा बेहोस फेला परेका एक जनाको निधन « Khabarhub

बैतडीमा बेहोस फेला परेका एक जनाको निधन


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

धनगढी – होटेलमा बेहोस भएका बैतडीका एक जनाको मृत्यु भएको छ।

मेलौली नगरपालिका-७ को एक होटेलमा शनिबार बेहोस भएका पञ्चेश्वर गाउँपालिका-२ का ५७ वर्षीय रनि चन्दको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार भारतबाट आएका चन्द जेठ ११ गतेदेखि रिसब होटेलमा बस्दै आएका थिए। शनिबार बिहान होटेलका कर्मचारीले खाना खानका लागि बोलाउन जाँदा उनलाई बेहोस अवस्थामा फेला परेका थिए।

उनको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा मृत्यु भएको हो। उनको मृत्युको कारण भने खुल्न सकेको छैन। उनको पोष्टमाटमपछि शव परिवारले बुझेको छ। घटनाबारे प्रहरीले छानबिन गर्दैछ।

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  ८ : २६ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी