संघीय संसदको संयुक्त बैठक र कार्यसञ्चालन नियमावली पारित « Khabarhub

संघीय संसदको संयुक्त बैठक र कार्यसञ्चालन नियमावली पारित


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० पारित भएको छ।

संघीय संसदको आज बसेको संयुक्त बैठकले बहुमतले नियमावली पारित गरेको हो। नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले आजको संयुक्त बैठकमा उक्त नियमावली पारित गरियोस् भनी प्रस्ताव गरेका थिए।

आजै संघीय संसदको संयुक्त बैठकमा नियमावलीको मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफल भएको थियो। दफाबार छलफलका क्रममा संशोधन प्रस्ताव गर्नुभएका सांसदहरु खिमलाल देवकोटा, जितेन्द्र नारायण देवले राख्नुभएको संशोधन प्रस्ताव फिर्ता लिनु भएको थियो भने अमरेशकुमार सिंह, प्रभु साह, सुमना श्रेष्ठ, प्रेम सुवाल, डा विमला राई पौड्यालले आफ्नो संशोधन फिर्ता लिएनन्।

संयुक्त सदनबाट नियमावली पारित गर्नका लागि निर्णयार्थ प्रस्तुत भएकोमा बहुमतले पारित भएको घोषणा सभामुखले गरेका थिए।

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  १ : २८ बजे

रविलाई प्रश्न : सर्वदलीय बैठक र उच्चस्तरीय संयन्त्रलाई प्रधानमन्त्रीले नस्वीकारे के गर्नु हुन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० गते

प्रधानमन्त्रीको बचाउमा रवि- ‘सरकार र पार्टीको काम बाँडफाँड गरेका छौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशीमा आएको

रविलाई प्रश्न- सरकार गुण्डागर्दी शैलीमा चल्दै छ ? जवाफमा भने, ‘पार्टीको आन्तरिक लोकतन्त्र बलियो छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको आन्तरिक

रमेश प्रसाईंको गुनासो : मेरै सरकारकै पालामा महँगीले छलाङ लगायो, ढाड सेकियो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले बाढीको विपद्का

जेन–जी आन्दोलनमा भागेका लागूऔषध मुद्दाका प्रतिवादी एक वर्षपछि समातिए

काठमाडौं– लागूऔषध मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-३ जाल्पाचोक बस्ने गोरखा पालुङटार नगरपालिका-२