रक्तचन्दनको अवैध कारोबार गर्ने आठ जना पक्राउ « Khabarhub

रक्तचन्दनको अवैध कारोबार गर्ने आठ जना पक्राउ


१४ जेष्ठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रक्तचन्दनको अवैध कारोबार गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले करिब दुई करोड बराबरको रक्तचन्दन तेलसहित आठ जनालाई पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका-६ चुच्चेपाटीमा ८० लिटर रक्तचन्दनको तेल प्रति लिटर साढे २ लाखका दरले अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको एसपी रविन्द्र रेग्मीको भनाइ छ ।

पक्राउ पर्नेमा चाबहिल बस्ने ३० वर्षीय सुशिल पाठक, २८ वर्षीय विनोद बराल, कलंकी बस्ने ३६ वर्षीय ज्ञानबहादुर ओली, काँडाघारी बस्ने ३५ वर्षीय नविन दाहाल ३९ वर्षीय गोकर्ण हरि दाहाल, चाबहिल बस्ने ५८ वर्षीय निलकान्त भुसाल, ६३ वर्षीय मोहनबहादुर विश्वकर्मा र ४० वर्षीय खेमराज घिमिरे छन् ।

उनीहरूमाथि थप कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तीसारमा पठाएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ६ : ४२ बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको