अवैध काठसहित नुवाकोटबाट दुई जना पक्राउ « Khabarhub

अवैध काठसहित नुवाकोटबाट दुई जना पक्राउ


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – नुवाकोटको कागुनेबाट सालको काठ र गाडीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अवैध रूपमा ओसारपसार भइरहेको ८४ दशमलव ८७ क्युफिट सालको काठ प्रहरीले ओसारपसार गरिरहेको गाडीसहित बरामद गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रहरी चौकी सामरीबाट खटिएको प्रहरी टोलीले म्यागङ गाउँपालिका–५ सामरी कागुनेबाट धादिङ जिल्लातर्फ जाँदै गरेको बा३क ३२९६ नम्बरको आईचर गाडीसहित सालको काठ र दुई जना युवकलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

सालको चिरुवा काठ अवैध रूपमा लोड गरी लैजाँदै गरेको अवस्थामा फेला पारी तत्कालै आइचर गाडी, गाडीमा चालक नुवाकोटकै म्यागाङ गाउँपालिका-३ का २१ वर्षीय योगेश तामाङ र सोही गाडीमा सवार रहेका विदुर नगरपालिका-१३ का ५० वर्षीय मैत तामाङलाई सालको काठ र गाडीसहित नियन्त्रणमा लिई कारबाहीका लागि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

गाडीसहित चिरुवा ७४ थान अर्थात् ८४।८७ क्युफिट सालको काठ बरामद गरी आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय नुवाकोटमा पठाइएको छ ।

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  ९ : १४ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग