एक हजार पाँच सय जलवायु अभियन्ता पक्राउ « Khabarhub

एक हजार पाँच सय जलवायु अभियन्ता पक्राउ


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – जलवायु परिवर्तनका कारण विश्वभर पर्ने नकारात्मक असरबारे चेतना फैलाउँदै आएको जलवायु अभियन्ताको विशाल समूह पक्राउ परेको छ ।

नेदरल्याण्ड्सको द हेगमा शनिबार भएको प्रदर्शनमा करिब एक हजार छ सय जलवायु अभियन्ता पक्राउ परेका थिए । विलुप्त विद्रोह जलवायु समूहका एक हजार पाँच सय ७९ जनालाई पक्राउ गरिएको डच प्रहरीले जनाएको छ ।

जीवाश्म इन्धन अनुदानविरुद्ध सहरको बीचमा यातायात अवरुद्ध गरेपछि प्रदर्शनकारीलाई तितरबितर पार्न पानीको फोहोरा प्रयोग गरिएको थियो । तर उनीहरू टसकोमस नभएपछि पक्राउ गरिएको थियो ।

धेरै डच सेलिब्रेटी प्रदर्शनीमा सामेल भएका र उनीहरू पक्राउ परेका कैरिस भ्यान हौटेन, हिट टिभी शृङ्खला गेम अफ थ्रोन्समा मेलिसान्ड्रेको भूमिकाका लागि परिचित, अल जजीराको समाचारमा जनाइएको छ । ती सेलिब्रेटीमध्ये केहीलाई हिरासतमुक्त गरिएको थियो । कारबाहीमा परेका सेलीब्रेटीबारे केही विवरण दिइएको छैन ।

उक्त समूहको अगुवाईमा यसअघि पनि यस्ता विरोध प्रदर्शन हुने गरेका थिए तर यति धेरै सङ्ख्यामा अभियन्ताहरू पक्राउ परेका थिएनन् । वातावरणीय अभियान समूहले हालैका वर्षहरूमा सडकमा अवरोध खडा गरेर मिडियाको ध्यान आकर्षित गरेको छ । गत महिना लण्डनमा पनि यस्तै प्रदर्शन भएको थियो ।

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  १० : ३० बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग