प्रतिनिधिसभाको बैठक बस्दै, बजेट पारितका लागि पेस गरिँदै « Khabarhub

प्रतिनिधिसभाको बैठक बस्दै, बजेट पारितका लागि पेस गरिँदै


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।

आजको बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट पारितका लागि पेस गर्ने तयारी छ । 

विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत छलफलमा सांसदले उठाएका प्रश्नहरूको जवाफ दिइसकेपछि आजको बैठकमा बजेट पारितका लागि पेस गरिने छ ।

आजको बैठकमा बिनियोजन (बजेट) विधेयक २०८० माथि उठेका प्रश्रको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची छ । 

प्रधानमन्त्री दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपतिको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयलगायत कार्यालयमा छुटाइएको बजेटमाथि उठेका प्रश्नको जवाफ दिनेछन् । 

संवैधानिक व्यवस्थाअनुसार सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको थियो ।

 

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ६ : ५४ बजे

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को

विश्वकप पावर र्‍याङ्किङमा स्पेन शीर्ष स्थानमा, अर्जेन्टिना तेस्रोमा झर्‍यो

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ चरण सुरु

मोरङ विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु

मोरङ – मोरङको लेटाङ नगरपालिकामा आज दिउँसो विद्युतीय रिक्सा दुर्घटना