बागमती प्रदेशसभाको बैठक बस्दै « Khabarhub

बागमती प्रदेशसभाको बैठक बस्दै


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक प्रदेश सभा  भवन, हेटौडामा बिहान ११ बजे बस्ने छ ।

प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभामा आजबाट असार १ गते प्रस्तुत गरिएको आर्थिक वर्ष २०८०–८१ को बजेटमाथि छलफल सुरु हुनेछ ।

हिजोका लागि बोलाइएको बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राप्रपाको अवरोधका कारण अवरुद्ध भएको थियो । एमाले र राप्रपाले बजेटमा भेदभाव भएको भन्दै अवरोध गरेका थिए ।

आज सहमति कायम गरेर बैठक बस्न लागेको हो ।

आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले गत असार १ गतेको प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए । 

 

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ७ : ०८ बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका