बजेट पारित गर्न कांग्रेस र माओवादीले ह्विप लगाउँदा अन्य दल के गर्दैछन् ? « Khabarhub

बजेट पारित गर्न कांग्रेस र माओवादीले ह्विप लगाउँदा अन्य दल के गर्दैछन् ?


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–८१ बजेट प्रति असन्तुष्ट सत्तारुढ दलहरूको संसदीय दलको बैठक बस्दैछ । 

प्रतिनिधिसभा बैठक सुरु हुनु अघि सत्तारुढ दलहरू नेकपा एकीकृत समाजवादी, जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले बैठक राखेर बजेटका बारेमा धारणा बनाउन लागेका हुन् । 

यी दलहरूले यथास्थितिमा बजेट पारित गर्न नसकिने सार्वजनिक रुपमा धारणा राख्दै आएका थिए । 

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले आजको बैठक पछि मात्रै आधिकारिक धारणा आउने बताए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित विपक्षमा रहेका अन्य दलहरू रास्वपा, राप्रपा, नेमकिपालगायतले संशोधन बिना कुनै हालतमा बजेट पारित हुन नदिने बताउँदै आएका छन् ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भने बजेट पारित गराउन हिजो नै आफ्ना सांसदहरूलाई बजेटको पक्षमा उभिन ह्विप जारी गरिसकेका छन् ।

सरकारले आजको बैठकमा बजेट पारित गर्नका लागि प्रस्ताव प्रस्तुत गर्दैछ ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ९ : २० बजे

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार