बजेट पारित गर्न कांग्रेस र माओवादीले ह्विप लगाउँदा अन्य दल के गर्दैछन् ? | Khabarhub Khabarhub

बजेट पारित गर्न कांग्रेस र माओवादीले ह्विप लगाउँदा अन्य दल के गर्दैछन् ?


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–८१ बजेट प्रति असन्तुष्ट सत्तारुढ दलहरूको संसदीय दलको बैठक बस्दैछ । 

प्रतिनिधिसभा बैठक सुरु हुनु अघि सत्तारुढ दलहरू नेकपा एकीकृत समाजवादी, जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले बैठक राखेर बजेटका बारेमा धारणा बनाउन लागेका हुन् । 

यी दलहरूले यथास्थितिमा बजेट पारित गर्न नसकिने सार्वजनिक रुपमा धारणा राख्दै आएका थिए । 

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले आजको बैठक पछि मात्रै आधिकारिक धारणा आउने बताए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित विपक्षमा रहेका अन्य दलहरू रास्वपा, राप्रपा, नेमकिपालगायतले संशोधन बिना कुनै हालतमा बजेट पारित हुन नदिने बताउँदै आएका छन् ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भने बजेट पारित गराउन हिजो नै आफ्ना सांसदहरूलाई बजेटको पक्षमा उभिन ह्विप जारी गरिसकेका छन् ।

सरकारले आजको बैठकमा बजेट पारित गर्नका लागि प्रस्ताव प्रस्तुत गर्दैछ ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ९ : २० बजे

गायिका चौहानलाई सामाजिक सञ्जालबाट दुर्व्यवहार गर्नेमाथि तीन दिन म्याद थप

काठमाडौं – गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज र दुव्र्यवहार

ट्रम्प र पुटिनबीच बिहीबार फोनवार्ता हुने

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड

युवाहरुलाई सीप सिकाउँदै गण्डकी प्रेदश सरकार

गण्डकी – युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउन गण्डकी प्रदेश सरकारले व्यावसायिक

सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री

धानको ब्याडमा खैरा रोग र गवाराको प्रकोप

चितवन – विभिन्न स्थानमा धानको ब्याड अनुगमन गर्दा आवश्यक खाद्य