एसीसी मेन्स यु–१६ मा थाइल्यान्डमाथि नेपालको २२५ रनको जित « Khabarhub

एसीसी मेन्स यु–१६ मा थाइल्यान्डमाथि नेपालको २२५ रनको जित


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी मेन्स यु–१६ इस्टर्न रिजन कप–२०२३ को आफनो पहिलो खेलमा नेपालले सुखद सुरुवात गरेको छ । 

मलेसियाको बाँगीमा भएको खेलमा थाइल्यान्डलाई २ सय २५ रनले हराउँदै सानदार सुरुवात गरेको हो । 

नेपालले दिएको २ सय ७० रनको लक्ष्य पछ्याएको मलेसिया १३ ओभर २ बलमा अलआउट हुँदै ४४ रनमा समेटियो । 

थाईल्यान्डका ईसान बेर्नोजीले सर्वाधिक १६ रन बनाए । यस्तै ओपनर डानुफोनले १२ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका सन्तोष यादवले सर्वाधिक ५ विकेट लिए । यस्तै, अशोक धामी ३ तथा कप्तान अभिसेक तिवारीले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेटको क्षतिमा २ सय ६९ रन बनाएको थियो ।

नेपालका निरज कुमार यादवले ७४ तथा नरेन भट्टले ५५ रनको अर्धशतकीय इनिङ खेले । यस्तै, सुर्यांशु कोइरालाले ४० तथा सन्तोष यादवले ४२ रन बनाए ।

यो जितसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगितामा सात टोलीको सहभागिता रहेको छ । समूह ए मा नेपाल, थाइल्यान्ड र मलेसिया छन् । समूह बी मा सिंगापुर, हङकङ, माल्दिभ्स र इन्डोनेसिया छन् । 

नेपालले समूह चरणको अन्तिम खेल शुक्रबार मलेसियासँग खेल्नेछ । 

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ११ : ४२ बजे

अर्थमन्त्री वाग्ले दोहा प्रस्थान

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले दोहा प्रस्थान गरेका छन् ।

आजका समाचार : प्रधानमन्त्री शाह स्वदेश फिर्ता, परराष्ट्रमन्त्री अमेरिकामै, देशभर अविरल वर्षा र साउदी अरबमाथि हुथी आक्रमण तीव्र

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता संयुक्त राष्ट्रसंघको

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको