एसीसी मेन्स यु–१६ मा थाइल्यान्डमाथि नेपालको २२५ रनको जित « Khabarhub

एसीसी मेन्स यु–१६ मा थाइल्यान्डमाथि नेपालको २२५ रनको जित


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी मेन्स यु–१६ इस्टर्न रिजन कप–२०२३ को आफनो पहिलो खेलमा नेपालले सुखद सुरुवात गरेको छ । 

मलेसियाको बाँगीमा भएको खेलमा थाइल्यान्डलाई २ सय २५ रनले हराउँदै सानदार सुरुवात गरेको हो । 

नेपालले दिएको २ सय ७० रनको लक्ष्य पछ्याएको मलेसिया १३ ओभर २ बलमा अलआउट हुँदै ४४ रनमा समेटियो । 

थाईल्यान्डका ईसान बेर्नोजीले सर्वाधिक १६ रन बनाए । यस्तै ओपनर डानुफोनले १२ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका सन्तोष यादवले सर्वाधिक ५ विकेट लिए । यस्तै, अशोक धामी ३ तथा कप्तान अभिसेक तिवारीले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेटको क्षतिमा २ सय ६९ रन बनाएको थियो ।

नेपालका निरज कुमार यादवले ७४ तथा नरेन भट्टले ५५ रनको अर्धशतकीय इनिङ खेले । यस्तै, सुर्यांशु कोइरालाले ४० तथा सन्तोष यादवले ४२ रन बनाए ।

यो जितसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगितामा सात टोलीको सहभागिता रहेको छ । समूह ए मा नेपाल, थाइल्यान्ड र मलेसिया छन् । समूह बी मा सिंगापुर, हङकङ, माल्दिभ्स र इन्डोनेसिया छन् । 

नेपालले समूह चरणको अन्तिम खेल शुक्रबार मलेसियासँग खेल्नेछ । 

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ११ : ४२ बजे

आरुघाटको बेलीब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य

कोप–३१ मा नेपालको प्राथमिकता : जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

काठमाडौँ- नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ

ऊर्जा केन्द्रमा रुस–युक्रेनको आक्रमण तीव्र, ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता

एजेन्सी– रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारिरहेका