अर्थतन्त्र सुधारको बाटोमा लागेको छ : प्रधानमन्त्री  « Khabarhub

अर्थतन्त्र सुधारको बाटोमा लागेको छ : प्रधानमन्त्री 


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अर्थतन्त्र अब सुधारको बाटोमा लागेको बताएका छन् । 

प्रतिनिधिसभाको बुधबारको बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका कार्यालयको विनियोजनमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । 

उनले भने, ‘संसद्ले सरकारको नेतृत्व दिँदै गर्दा देश गम्भीर आर्थिक संकटमा थियो । एउटा भाष्य बनेको थियो आम रूपमा कि नेपालको नियति श्रीलंकाको जस्तै हुने भयो । यो भाष्य बौद्धिक वर्गमा मात्रै सीमित थिएन, आम नागरिकसम्म पुगेको थियो । टीभी र मोबाइलका स्क्रिनहरूमा छाइरहेको श्रीलंकाको तस्बिरले देशलाई आशंकित र त्रसित बनाएको थियो । श्रीलंकाको दुःश्वप्नबाट जागिसकेको छ । यसबीचमा अर्थतन्त्र केही जागेको छ ।’

प्रधानमन्त्री दाहालले अर्थतन्त्र जाग्नु सरकारको मात्रै नभई राष्ट्रकै उपलब्ध रहेको बताए । 

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  १२ : ४२ बजे

बाजागाजासहित इन्द्रायणीलाई द्यो छेँ इन्द्रलाई भित्र्याउँदै जात्रा सम्पन्न

भक्तपुर । इन्द्रजात्राको दिन सुरु भएको भक्तपुरको इन्द्र दह अर्थात

सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता

कास्की । पोखराको मध्यभाग भएर बग्ने सेती नदीको रामघाटमा अविरल

हमलाको गल्ती नगर्न इरानले दियो अमेरिकालाई चेतावनी

काठमाडौं । इरानले आफ्नो राष्ट्रमा हमलाको गल्ती नगर्न अमेरिकालाई चेतावनी

महाधिवेशनमा जुट्यो कांग्रेस देउवा पक्ष, पौने आठ लाख क्रियाशीलको विवरण तयार

काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पनि १५औं महाधिवेशनका लागि

अर्थमन्त्री वाग्ले दोहा प्रस्थान

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले दोहा प्रस्थान गरेका छन् ।