नक्कली शरणार्थी र ललिता निवास प्रकरण अनुसन्धानले जनतामा विश्वास जाग्यो : प्रधानमन्त्री  « Khabarhub

नक्कली शरणार्थी र ललिता निवास प्रकरण अनुसन्धानले जनतामा विश्वास जाग्यो : प्रधानमन्त्री 


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास जग्गा प्रकरणमा भएको अनुसन्धान र कारबाहीले जनतामा विश्वास जागेको दाबी गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, राष्ट्रिय योजना आयोगसहितका शीर्षकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्री दाहालले यसले कानुनको सर्वोच्चता मात्र नभएर लोकतन्त्रको सर्वोच्चता पनि स्थापित गरेको उल्लेख गरे ।

उनले शरणार्थी प्रकरणपछि ललिता निवास प्रकरणमा भइरहेको छानबिन लोकतन्त्रको सर्भिसिङशुद्धीकरणको एउटा रूप भएको बताए ।

उनले यस्ता विकृति विरुद्धको लडाइँ यतिकैमा नरोकिने उल्लेख गर्दै प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवासका अभियुक्तहरू पक्राउ पर्न थालेको बताए ।

प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री हुँदा जनतामा राज्य र सरकारप्रति जुन निराशा, असन्तोष र आवेग थियो, त्यसमा अहिले सुधार भएको जिकिर गरे ।

हाइ प्रोफाइल व्यक्तिहरू कानुनभन्दा माथि छन् भन्ने आम मनोविज्ञान बनेका बेला नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले इतिहासकै ठूलो कारबाही गरेको उनको दाबी थियो ।

उनले मिटर ब्याजी र सहकारीका ठगहरूमाथि करवाही सुरु भइसकेको बताए ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  १२ : ४९ बजे

विपद्पछिको उद्धार कि पूर्वसूचना ? भोटेकोसीले देखाएको हिमाली जोखिम र प्रविधिको आवश्यकता

काठमाडौँ – भोटेकोसी–त्रिशूली तटीय क्षेत्रमा भदौ १० मा आएको विनाशकारी

भोटेकोशी बाढीः शव व्यवस्थापन अन्तिम संस्कार होइन

चितवन- रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको अकल्पनीय बाढीले

पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन विज्ञको सुझाव

ललितपुर- जलस्रोतविज्ञ तथा पूर्वजलस्रोतमन्त्री इन्जिनियर दीपक ज्ञवालीले विकासका नाममा भएका

विपद् उद्धारमा सघाउन ५.५ टन औषधिसहित भारतीय वायुसेनाको विमान नेपाल आउँदै

काठमाडौँ – छिमेकी मुलुक भारतले नेपालमा जारी खोज, उद्धार तथा

अर्घाखाँची सिमेन्टद्वारा बाढी पीडितका लागि ६ लाख ७५ हजार सहयोग

भैरहवा– अर्घाखाँची सिमेन्ट उद्योगमा कार्यरत कर्मचारीले भोटेकोशीमा आएको बाढीबाट प्रभावित