विपद्मा परेकाको तत्काल उद्धार गर्न सांसदको माग « Khabarhub

विपद्मा परेकाको तत्काल उद्धार गर्न सांसदको माग


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सांसदहरुले मनसुनी विपद्जन्य घटना, वैदेशिक रोजगारीमा जाने नेपालीको विपद्, ललिता निवास जग्गा प्रकरणलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको आकस्मिक समयमा बोल्दै सांसद योगेशकुमार भट्टराईले पूर्वी पहाडका जिल्लामा भएको विपद्जन्य घटनाका पीडितलाई राहत उपलब्ध गराउन र अवरुद्ध सडक पुनः सञ्चालन गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए। उनका अनुसार गत जेठ ३२ गतेको अविरल वर्षाले पूर्वी पहाडका जिल्लामा भएको विपद्जन्य घटनामा सङ्खुवासभामा २४, ताप्लेजुङमा ६ र पाँचथरमा ६ जनाको मृत्यु भएको छ ।

उनले भने, ‘घटनालगत्तै प्रधानमन्त्रीले स्थलगत निरीक्षण पनि गरे। सम्बन्धित मन्त्री र सम्बन्धित निकायको पनि ध्यानाकर्षण भएको अवस्थामा अहिले पनि प्रभावकारी काम हुन सकेन ।  आवश्यक जनशक्तिको व्यवस्थापन गरी तत्काल काम अघि बढाउन सरकारसमक्ष माग  गर्दछु ।’

उनले ताप्लेजुङ जोड्ने मुख्य तीन राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको, मेची राजमार्ग सञ्चालन हुन नसकेको बताए । उनले पाँचथरको हेवा खोलामा बेलिब्रिज बनिनसकेकाले ताप्लेजुङको सम्बन्ध सम्पूर्ण रुपले विच्छेद भएको सदनलाई जानकारी गराउँदै तत्काल  प्रभावकारी काम गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराए  ।

सांसद प्रदीप पौडेलले विदेशमा रहेका नेपालीलाई आइपर्ने विपद्मा सरकारले सहजीकरणको व्यवस्था मिलाउन आग्रह गरे । उनले हालै मलेसियामा रोजगारीका क्रममा भएको यामलाल परियारको मृत्यु भएको र उनको शव नेपाल ल्याउन परिवारले सबैतिर याचना गरिरहेको जनाउँदै यस्तो संवेदनशील विषयमा सरकारले पहल गर्नुपर्ने बताए। 

उनले विदेशमा रहेका नेपालीलाई विपद् पर्दा सरकारले सहजीकरण गर्ने गरी प्रणालीको विकास गर्न जरुरी रहेको, नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीलाई विमानस्थलदेखि नै ट्र्याकिङ गर्ने व्यवस्था गर्न परराष्ट्र मन्त्रालयफमार्फत सम्बन्धित मुलुकमा सहायता कक्ष स्थापना गरेर विपद्मा परेका नेपालीको उद्धारका लागि सहजीकरण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसद भीम आचार्यले सरल ढङ्गले विदेश जाने विद्यार्थी र रोजगारीमा जानेका लागि सरल ढङ्गले राहदातिको व्यवस्था मिलाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए। उनले विदेशमा बस्ने नेपालको बालबालिकाले राहदानी पाउन नसकेको, एसिया प्यासिफिक, मध्यपूर्व र युरोप लगायतका मुलुकमा यस्तो बाध्यता रहेकाले सहजीकरणको वातावरण सिर्जना गर्न सरकारसमक्ष माग गरे ।

सांसद प्रेम सुवालले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणका दोषीलाई पक्राउ गरी कानुनी कारबाही गरिनुपर्ने माग गरे ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  २ : ०८ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई