गत महिना ७४ हाजरभन्दा बढी अफगान आप्रवासी इरानबाट स्वदेश फिर्ता « Khabarhub

गत महिना ७४ हाजरभन्दा बढी अफगान आप्रवासी इरानबाट स्वदेश फिर्ता


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काबुल- गत महिना ७४ हाजरभन्दा बढी अफगान आप्रवासी इरानबाट सिल्क रोड क्रसिङ पोइन्ट हुँदै स्वदेश फर्किएका छन् ।

पश्चिमी निमरोज प्रान्तको शरणार्थी र स्वदेश फिर्ता विभागका तालिवानका प्रान्तीय अधिकारीले सो जानकारी दिएको खामा प्रेसले जनाएको छ ।

निमरोज प्रान्तको शरणार्थी र स्वदेश फिर्ता प्रान्तका प्रान्तीय प्रमुख मौलावी अब्दुल्लाह रियाजले विगत दुई हप्तामा इरानबाट १,१०६ परिवार र ६९,२५९ व्यक्तिसहित कम्तिमा ७४,३६० व्यक्ति स्वदेश फर्किएको बताएका छन् ।

आधिकारिक स्रोतका अनुसार गत दुई दिनमा तोर्खाम क्रसिङ प्वाइन्ट हुँदै पाकिस्तानबाट २३० अफगान परिवार फर्किएका छन् । इरान र पाकिस्तानबाट अफगान शरणार्थीको स्वदेश फिर्ती पछिल्लो समयमा असाधारण रूपमा बढेको छ जुन उत्पीडन, स्वेच्छाचारी नजरबन्द र आयोजक देशमा गैरकानूनी अफगान नागरिकलाई निर्वासनजस्ता विभिन्न कारकसँग जोडिएको बताइन्छ ।

अगस्ट २०२१ मा पूर्ववर्ती अफगान सरकारको पतनपछि कमजोर अवस्थामा रहेका हजारौँ अफगान परिवार तालिबानद्वारा मृत्युको धम्की र त्रासले छिमेकी देश इरान र पाकिस्तानमा सरेका थिए ।

अफगान शरणार्थी स्वेच्छाचारी नजरबन्द, दुर्व्यवहार, कैद र जबर्जस्ती निर्वासनलगायतका कारण निर्वासनमा  रहेका देशमा गम्भीर चुनौतीको सामना गरिरहेको पनि खामा प्रेसले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ४ : ५९ बजे

निर्वाचन प्रहरी भर्ना : तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन

बागलुङ– बागलुङमा निर्वाचन प्रहरी भर्नाका लागि तीन पटक म्याद थप

प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

काठमाडौं– प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा नेपाली सेनाको सहभागिता, उपलब्धि

डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक सार्वजनिक

काठमाडौं– डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्यजाँचसम्बन्धी तीनवटा पुस्तक

ओलीको टिप्पणीमा गोकुलको जवाफ : पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक चरित्र होइन 

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी अध्यक्ष केपी शर्मा

हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

बैतडी– भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध