पोखरामा जलवायु परिवर्तनसम्बन्धी सम्मेलनअन्तर्गत पहिलो दिनका कार्यक्रम सम्पन्न « Khabarhub

पोखरामा जलवायु परिवर्तनसम्बन्धी सम्मेलनअन्तर्गत पहिलो दिनका कार्यक्रम सम्पन्न


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

पोखरा- बुधबार पोखरामा दुई दिने जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (एसीसी) को पहिलो दिनको कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल यूएस अलम्नाई नेटवर्क (नुसान) र इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर) को सहआयोजना एवम् नेपालस्थित अमेरिकी दूतावासको सहायतामा पोखरा महानगरपालिकास्थित अतिथि रिसोर्ट एण्ड स्पामा एसीसीको पहिलो दिनको कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै नेपालस्थित अमेरिकी दूतावासको जनसरोकार प्रमुख ग्यारेट विल्करसनले कार्बन उत्सर्जन कम गर्न अमेरिकाले २७० बिलियन डलरभन्दा बढी लगानी गरेको जानकारी दिए । उनले अमेरिकी सहयोग नियोग युएसएडमार्फत जलवायु परिवर्तनबाट उत्पन्न संकटको न्यूनीकरणका लागि अनुकूलन र लचिलोपन प्रदर्शन गर्ने गरेको उल्लेख गर्दै प्रकोप उत्थानशीलताका लागि स्थानीय र राष्ट्रिय सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।

उनले जलविद्युत विकासमा सहायता प्रदान गर्ने बताउँदै जलवायु परिवर्तनका प्रभावविरुद्ध लड्न नेतृत्व तथा नीति निर्माताहरुबाट पहल हुनु आवश्यक रहेको उल्लेख गरे । यसका लागि अमेरिकी सरकार नेपाल सरकार र सरोकारवालासँग सहकार्य गर्न तयार रहेको पनि उनको भनाइ छ । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले नेपालको जलवायु परिवर्तनको अवस्थालाई सम्बोधन गर्दै यस सम्बन्धमा जनतामा चेतना जगाउने पर्याप्त काम नभएकोतर्फ चासो व्यक्त गरेका थिए ।

गण्डकी प्रदेशले जलवायु जलवायु परिवर्तनका सम्बन्धमा कार्य गर्नका लागि बजेट विनियोजन गरेको जानकारी दिँदै मुख्यमन्त्री पाण्डेले स्थानीय सरकार र सरोकारवालाहरूलाई जलवायु परिवर्तनका प्रभावहरू विरुद्ध लड्न सँगै काम गर्न आह्वान गरे । पहाडी क्षेत्रमा प्राकृतिक प्रकोपको प्रभाव न्यूनीकरण गर्ने सम्बन्धमा सडक निर्माण कार्य गर्नुअघि उचित अध्ययनको आवश्यकतातर्फ जोड दिँदै उनले आगामी दिनमा वन डढेलो न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने पनि जनाए ।

कार्यक्रममा पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्यले महानगरलाई पर्यटनको राजधानी घोषणा गर्ने लक्ष्य प्राप्तितर्फ आफूहरु उन्मुख रहेको जनाएका थिए । यसका लागि करिब ७.५ अर्ब बजेट विनियोजन गरिएको जानकारी दिँदै नगरप्रमुख आचार्यले सन् २३०० सम्म पोखरा महानगरपालिकालाई कार्बन शून्य बनाउने लक्ष्य रहेको बताएका थिए ।

दिगो र स्वच्छ वातावरणका लागि २ लाख बिरुवाहरु रोपिएको बताउँदै उनले महानगरपालिका र नेपाली सेनाको पहलमा विभिन्न क्षेत्रमा हिमाल सरसफाई अभियान सुरु भएको पनि बताए । उनले आगामी आर्थिक वर्षदेखि ४० माइक्रोनभन्दा कमको प्लास्टिक झोला प्रतिबन्ध लगाउने तयारी गरिरहेको बताउँद पोखरा महानगरपालिकामा चल्ने सवारी साधनमा प्रदूषण जाँचसहित हरियो स्टिकर लगाउने व्यवस्था लागू गर्न लागिएको बताए ।

कार्यक्रममा नेपालका जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत युवाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ८ : ०२ बजे

मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध हुने फिल्मलाई प्रदर्शन अनुमति नदिइने

काठमाडौँ । सरकारले नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु-सम्बन्धमा

अभिनेत्री केकी अधिकारी भन्छिन् – स्टन्टले देश बन्दैन

काठमाडौं । अभिनेत्री केकी अधिकारीले स्टन्टले देश नबन्ने बताएकी छन्

शंकास्पद पार्किङ गरिएका १४ वटा सवारी साधन कारबाहीमा

काठमाडौँ । सार्वजनिक सडकमा जथाभावी तथा शंकास्पद रूपमा पार्किङ गरिएका

बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति

गण्डकी – कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित किम्रुङ खोलामा आएको

११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण