ड्यामबाट खसेको ढुङ्गा लागेर बालकको मृत्यु « Khabarhub

ड्यामबाट खसेको ढुङ्गा लागेर बालकको मृत्यु


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

दैलेख – दैलेखको आठबीस नगरपालिका–५ मा ड्यामबाट खसेको ढुङ्गा लागेर एक बालकको मृत्यु भएको छ । सोही ठाउँमा निमार्णाधीन अवस्थामा रहेको भित्रिखोला सिँचाइ आयोजनाको ड्याम भत्किएर खसेको ढुङ्गाले लाग्दा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

निमार्णाधीन अवस्थामा रहेको ड्याम बर्सातका कारण भत्किँदा ड्यामबाट खसेको ढुङ्गाले लागेर आठबिस–५ बस्ने बिर्खबहादुर थापाका अन्दाजी १४ वर्षीय छोरा उमेश थापाको आज बेलुका मृत्यु भएको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले बताए ।

आठबिस–५ का वडाध्यक्ष बजिरसिंह विकले ड्यामबाट खसेको डुङ्गा लागेर बालकको मृत्यु भएको प्रहरीलाई जानकारी गराए । उनले प्रहरीलाई घटनास्थलसम्म पुग्न समस्या भएको जानकारी दिए ।

“रातिको समयमा प्रहरी घटनास्थल पुग्नसक्ने अवस्था छैन, पानी परेकाले समस्या छ, ड्यामबाट खसेको डुङ्गा लागेर एक जना बालकको मृत्यु भएको सूचना पाएका छौँ, प्रहरी घटनास्थल भोलि बिहान मात्रै पुग्छ होला”, प्रहरी प्रमुख लम्सालले भने ।

ड्याम भत्किँदा अन्य छ जना बालबालिका घाइते भएको वडाध्यक्ष विकले जानकारी दिए । “ड्याम भत्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्, घाइतेमध्ये १३ वर्षका किरण बुढामगर भने गम्भीर अवस्थामा छन्”, उनले भने ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  १० : २५ बजे

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को

विश्वकप पावर र्‍याङ्किङमा स्पेन शीर्ष स्थानमा, अर्जेन्टिना तेस्रोमा झर्‍यो

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ चरण सुरु