सिरियामा बम विस्फोट, ६ जनाको मृत्यु « Khabarhub

सिरियामा बम विस्फोट, ६ जनाको मृत्यु


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दमास्कस– सिरियामा शिया तीर्थस्थललाई लक्षित गरी भएको बम विस्फोट भएको छ ।

मुहर्रम अघि बिहीबार राति भएको सो विष्फोटमा परी ६ जनाको ज्यान गएको छ भने २० भन्दा बढी घाइते भएका छन् । 

 मिडिया रिपोर्टका अनुसार बम विस्फोट दमास्कसको ग्रामीण इलाकाको सैयदा जैनाब शहरमा गरिएको थियो। सईदा जैनाब शहरको कौ सौदान स्ट्रिटमा ट्याक्सी नजिकै विस्फोट भएको हो । 

सिरियाली गृह मन्त्रालयले एक विज्ञप्तिमा भन्यो कि , ‘बम विष्फोटपछि सुरक्षाकर्मीहरू विस्फोट भएको ठाउँमा पुगेका थिए र उद्धार कार्य सुरु गरेका थिए। मृतकको शव र घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ।’  सिरियाको सबैभन्दा प्रसिद्ध शिया तीर्थस्थल सैयदा जैनाब समाधि नजिकै पार्क गरिएको ट्याक्सीमा विस्फोट भएको गृह मन्त्रालयले जनाएको छ । सिरियाली सरकारले यसलाई आतंकवादी हमला भनेको छ।

यसअघि सिरियाको सरकारी टेलिभिजनले अज्ञात व्यक्तिले ट्याक्सीमा राखेको बमले विस्फोट गराएको बताएको थियो। सरकारी अधिकारीहरूले मिडियालाई भने कि उनीहरूले ठूलो विस्फोटको आवाज सुनेका थिए, त्यसपछि मानिसहरू भाग्न थाले। त्यसपछि एम्बुलेन्सहरू घटनास्थलमा पुगे र सुरक्षा बलहरूले क्षेत्रलाई घेरा हालेका थिए।

पैगम्बर मुहम्मदका नातिनी र हजरत इमाम अलीकी छोरी सैयदा जैनाबको चिहानबाट करिब ६०० मिटर टाढा सुरक्षा भवन नजिकै विस्फोट भएको उनले बताए। सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले सिरियाको रुससँग चलिरहेको द्वन्द्वमा सिरियाली राष्ट्रपति बसर अल असदलाई समर्थन गर्ने इरानी मिलिसियाको स्थान नजिकै विस्फोट भएको बताएको छ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ८ : ३४ बजे

काठमाडौंको मेयरबाट राजीनामा दिँदै बालेन : आजै रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज पदबाट

ओलीले टिकट नदिएपछि विष्णु रिजाल लेख्छन्- तेस्रो पटक पनि नेतृत्वको रोजाइमा पर्न सकिएन

काठमाडौं – नेकपा (एमाले) युवा नेता विष्णु रिजालले कार्यकर्ताको रोजाइमा

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुईवटा समितिको बैठक आज

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

कर्णाली– यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ