ड्राइभर भिसामा साउदी पुगेका १५ नेपालीलाई कुकुर मार्ने काम दिएपछि… « Khabarhub

ड्राइभर भिसामा साउदी पुगेका १५ नेपालीलाई कुकुर मार्ने काम दिएपछि…


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

दोहा– दलाललाई चर्को पैसा बुझाएर वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका १५ नेपाली अलपत्र परेका छन् । गत वर्ष माघ २४ गते साउदी अरबको रियाद पुगेका उनीहरु अहिले अलपत्र अवस्थामा छन् ।

काठमाडौंमा रहेको टारगेट एचआर सोलुसन मेनपावरबाट साउदी पुगेका उनीहरू ६ महिनादेखि अलपत्र परेको उनीहरुले बताएका छन् । मेनपावर कम्पनीलाई प्रतिव्यक्ति १ लाख ५० हजारदेखि २ लाख ३० हजारसम्म बुझाएर उनीहरु त्यहाँ पुगेका हुन् ।

पीडितहरुले एक भिडियो सन्देश जारी गर्दै मेनपावरले ड्राइभर भिसामा साउदीको रिकन्स्ट्रक्शन एन्ड कन्ट्रोल फर कन्ट्याटिङ इस्ट नामक कम्पनीमा पठाएको भएपनि अहिलेसम्म कुनै लाइसेन्स तथा अकामा पनि नबनाइदिएको बताएका छन् ।

‘हामी यहाँ ड्राइभरमा आएका हौ, अहिलेसम्म कम्पनी लाइसेन्स तथा अकामा पनि बनाइदिएको छैन’ उनीहरुले भिडियोमा भनेका छन्, ‘हाम्रो भिसा ड्राइभरको भएपनि कुकुर मार्ने काम दिएको छ, एक दिन काममा गएन भने तलब काट्छ धेरै साथीहरुलाई कुकुरले टोक्दा रेबिजविरुद्धको सुई पनि लगाइदिएको छैन ।’

पीडितहरुका अनुसार ६ महिना काम गरेको भएपनि अहिलेसम्म २ महिनाको मात्र तलब दिएको छ । आफूहरुले बाँकी चार महिनाको तलब नपाएको उनीहरुको गुनासो छ । अहिले तलब नपाएपछि भोकभोकै बस्न बाध्य भएको पीडितहरुले भिडियोमा भनेका छन् ।

नेपालबाट मेनपावर कम्पनीले महिनाको १ हजार ५ सय साउदी रियालसम्म तलब हुने आश्वासन दिएर पठाएको भएपनि अहिले सम्झौताअनुसारको काम र तलब नपाएको उनीहरुले बताएका छन् ।

उनीहरुले सम्झौतापत्रमा उल्लेख गरिएअनुसार काम र तलब माग्दा कम्पनीले प्रशासनले उल्टै शारीरिक तथा मानसिक यातना दिने गरेको बताएका छन् । आफूहरुलाई सम्झौताविपरीत काम लगाएको तथा यातना दिएकोबारे रियादस्थित नेपाली दूतावासलाई जानकारी गराएको भएपनि बेवास्ता गरेको पीडितहरुको आरोप छ ।

आफूहरुले सम्झौताअनुसारको काम र दाम नपाएको भन्दै साउदी पठाउने मेनपावर कम्पनीलाई पटक पटक जानकारी गराएको भएपनि मेनपावरले अहिलेसम्म कुनै सुनवाइ नगरेको र उल्टै जे गर्छौ गर भनेर धम्की दिने गरेको पीडितहरुको भनाइ छ । उनीहरुले पछिल्लो समय त मेनपावरले आफूहरुको फोन नउठाएको र सबैको नम्बर ब्लक लिष्टमा राखिदिएको बताएका छन् ।

उनीहरुले आफूहरुलाई सकुशल उद्धार गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग, विभिन्न सामाजिक अभियन्तालगायत सम्बन्धित निकायलाई स्वदेश फर्कने वातावरण मिलाइदिन पनि अनुरोध गरेका छन् ।

अलपत्र पर्नेमा दीपक विक, थमबहादुर खत्री, किरण खड्का, शिवप्रताव मिश्र, भरत मगर, साजनकुमार मोक्तान, विजयकुमार महतो, ममकुमार तामाङ, पेमा शेर्पा, बाबु काजी, सुजन आर्चाय, समिर मगर, समिर विक, सागर गुप्ता, रामकृष्ण बाइवा रहेका छन् ।

यता, उनीहरुलाई पठाउने टारगेट एचआर सोलुसन मेनपावर प्रतिनिधिलाई यसबारे बुझ्न खोज्दा सम्पर्कमा आउन चाहेनन् । यस मेनपावरबाट साउदी अरब पुगेका सयौ नेपाली कामदार अलपत्र परेको बताइएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ४ : ५७ बजे

अर्थमन्त्री वाग्लेको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी?

काठमाडाैँ – नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग

एमालेमा नेतृत्व परिवर्तन बहस: प्रतिवेदनमा ओलीले रोके, केन्द्रीय कमिटीमा नेताले आवाज उठाउने

काठमाडौँ – कार्यदलले तयार पारेको प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

झापा– कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ ।

एमाले सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ ।

दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

तनहुँ– १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर